काठमाडौं- आईसीसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडीआई सिरिजमा पपुवा न्युगिनी (पीएनजी)बिरुद्धको खेलमा आसिफ शेखले महत्त्वपूर्ण अर्धशतक बनाएका छन्।
क्रिजमा टिकेर खेलिरहेका एक मात्र नेपाली ब्याटर उनले ८८ बलमा ५० रन बनाएका हुन्। उनलाई साथ दिन सन्दीप लामिछाने आएका छन्। शेख एक छक्काको मद्दतमा ८९ बलमा ५१ रनसहित खेलिरहेका छन्।
नेपाललाई पीएनजीले दिएको जम्मा १८० रनको लक्ष्य पछ्याउने क्रममा ७ विकेट गुमाइसकेको छ। ३४ ओभरमा ११४ रनसहित नेपालले संघर्ष गरिरहेको छ।
नेपालको ब्याटिङमा खराब लय दोहोरिन थालेको छ। नेपालका लागि ओपनर आसिफ शेख बाहेकको ब्याट नै चल्न सकेन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।