काठमाडौं- नेपालले आईसीसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडीआई सिरिजमा पपुवा न्युगिनी (पीएनजी)बिरुद्ध रन बनाउन संघर्ष गरिरहेको छ।
नेपाललाई पीएनजीले दिएको जम्मा १८० रनको लक्ष्य पछ्याउने क्रममा ७४ रन बनाएर नेपालले महत्त्वपूर्ण ६ विकेट गुमाएको छ।
नेपालको ब्याटिङमा खराब लय दोहोरिन थालेको छ। नेपालका लागि ओपनर आसिफ शेख बाहेकको ब्याट नै चल्न सकेन।
आउट भएका ६ मध्ये कुनै ब्याटरले दोहोरो अंक जोड्न सकेनन्। आसिफ शेख ६९ बलमा ४१ रनसहित क्रिजमा टिकिरहेका छन् भने उनलाई साथ दिन कुशल मल्ल आइपुगेका छन्।
सिरिजको पहिलो खेलमा पीएनजीलाई हराएको नेपालले दोस्रो खेलमा यूएईसँग हार बेहोरेको छ। तेस्रो खेलमा पीएनजीसँग संघर्ष गरिरहेको छ। विश्वकप छनोट खेल्नका लागि नेपालले यो खेल जित्नैपर्ने दबाब छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।