काठमाडौं- नेपालले आईसीसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडीआई सिरिजमा पपुवा न्युगिनी (पीएनजी)बिरुद्ध खराब सुरुआत गरेको छ। पाँच ओभर खेल हुँदा जम्मा १४ रनमा दुई विकेट पतन भएको हो।
ओपनर कुशल भुर्तेल डकआउट भए भने तेस्रो क्रममा ब्याटिङ गर्न आएका ज्ञानेन्द्र मल्ल २० बलमा जम्मा ६ रन बनाएर पेभेलियन फर्किए।
नेपाललाई पीएनजीले १८० रनको लक्ष्य दिएको छ। नेपालले ४९.२ ओभरमा अलआउट गर्दै पीएनजीलाई रोकेको हो।
नेपालका लागि सोमपाल कामी र दिपेन्द्र सिंह ऐरीले दुई-दुई विकेट लिए। पहिलो सफलता भने सन्दीप लामिछानेले दिलाएका थिए। यसैगरी, करण केसी र कुशल मल्लले एक-एक विकेट लिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।