काठमाडौं- आईसीसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडीआई सिरिजमा पपुवा न्युगिनी (पीएनजी)ले नेपाललाई १८० रनको लक्ष्य दिएको छ। नेपालले ४९.२ ओभरमा पीएनजीलाई अलआउट गरेको हो।
नेपालका लागि सोमपाल काकी र दिपेन्द्रसिंह ऐरीले दुई-दुई विकेट लिए। पहिलो सफलता भने सन्दीप लामिछानेले दिलाएका थिए। यसैगरी करण केसी र कुशल मल्लले एक-एक विकेट लिए।
पीएनजीका लागि टोनी उराले सर्वाधिक ३९ रन बनाए। हिरी हिरी ३१, कोल्पिन डोरिगा २६, गौडी टोका १५, नरम्यान भनुवा १४, सेसे बाउ र असद भाला ११ रनमा आउट भए। अन्यले भने दोहोरो अंक जोड्न सकेनन्।
नेपालले जवाफी ब्याटिङ गर्दैछ। सिरिजको पहिलो खेलमा पीएनजीलाई हराएको नेपालले दोस्रो खेलमा युएईसँग हार बेहोरेको छ। विश्वकप छनोट खेल्नका लागि नेपाल आगामी सबै खेल जित्नुपर्ने दबाबमा छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।