काठमाडौं– नेपालले आईसीसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडीआई सिरिजमा पपुवा न्युगिनी (पीएनजी)विरुद्धको खेलमा नेपालले चौथो विकेट लिएको छ।
सन्दीप लामिछानेले पहिलो सफलता दिलाएका थिए। उनले पीएनजीका ओपनर किपलिन डोरिगालाई एलब्डब्लु धरापमा पारेका हुन्।
त्य्सपछि क्रमश: सोमपाली कामी र कुशल मल्लले एक-एक विकेट लिए। टोनी उरालाई सोमपाली कामीले आफ्नै बलमा क्याचआउट गरे।
असद भालालाई कुशल मल्लले एलबीडब्लु धरापमा पारेका हुन्। यसैगरी, कुशल मल्लको बलमा पीएनजीका ससे बाउलाई आशिफ शेखले रनआउट गरे।
दुबई इन्टरनेशल क्रिकेट स्टेडियममा भइरहेको खेलमा टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएको पीएनजीले २४ ओभरमा ९४ रन बनाएर खेलिरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।