काठमाडौं– उपरथी प्रेम शाहीलाई सेवाबाट हटाउन सैनिक अदालतले आदेश दिएको छ। बिहीबार उपरथी ताराध्वज पाण्डेको अध्यक्षतामा गठन भएको सैनिक अदालतले शाहीलाई सेवाबाट हटाउन आदेश दिएको हो।
आर्थिक अनियमितता, सैनिक आरचार र मर्यादा उल्लंघन गरेको आरोपमा दोषी ठहर भएपछि शाहीलाई सेवाबाट हटाउने आदेश दिएको सैनिक प्रवक्ता एवं सहायक रथी कृष्णप्रसाद भण्डारीले जानकारी दिए।
यस्तै प्राड महासेनानी महेन्द्रजंग शाह र प्राड प्रमुख सेनानी कुलदीप तिमल्सिनाले पनि सैनिक ऐन विपरीतको कार्य गरेको भन्दै सामान्य सजाय तोकिएको छ।
सेनाले उपरथी प्रेम शाहीमाथि आर्थिक अनियमिततालगायत विषयमा छानबिन गर्ने भन्दै पुस १९ गते नियन्त्रणमा लिएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।