काठमाडौं- आईसीसी विश्वकप लिग २ त्रिकोणात्मक ओडीआई शृंखलामा घरेलु टोली युएईसँग नेपाल ६८ रनले पराजित भएको छ। शीर्ष तीनमा रहेर विश्वकपतर्फको लक्ष्य लिएको नेपाललाई यो हारले कठिन अवस्थामा पुर्याएको छ।
नेपालका लागि कुशल मल्लले सर्वाधिक ६० रन बनाए। उनीपछि बलर सन्दिप लामिछानेले २४ बलमा २६ रन बनाउँदै अविजित रहे।
यसैगरी आसिफ शेख १७ रन बनााए। कुशल भुर्तेल ५ रनमा क्याच आउट भए। कप्तान रोहित पौडेल बोल्ड आउटभएपछि नेपाल १७-३ को अवस्थामा पुगेको थियो।
आरिफ शेख डक, दीपेन्द्रसिंह ऐरी ७, गुलशन झा र सोमपाल कामी ४-४ रनमा आउट भए। युएईका रोहन मुस्तफाले ८ ओभरमा २ मेडनसहित १७ रन खर्चेर ३ विकेट लिए।
यसअघि ५० ओभर नै खेलेको यूएईले ८ विकेट गुमाएर २०७ रन बनाएको थियो। यूएईका लागि सबैभन्दा धेरै आसिफ खानले ७२ रनको योगदान गरे। सन्दीप लामिछानेको बलमा क्याचआउट हुनुअघि उनले ९९ बल खेलेर ७२ रन बनाएका हुन्।
उनीपछि रोहन मुस्तफाले ७५ बलमा अविजित ५१ रन बनाएका छन्। आर्यन लार्का २८ रन, चुन्दनग्यापी रिजवान २२ रन, व्रित्या अरविन्द १८, अलिसान शरफु २ रन बनाएर आउट भए।
नेपालका लागि सन्दीप लामिछानेले सबैभन्दा बढी तीन विकेट लिए। दश ओभर नै बलिङ गरेका उनले जम्मा २७ रन दिएर तीन विकेट लिएका हुन्। यसैगरी करण केसीले दुई, आसिफ शेख र कुशल मल्लले समान एक-एक विकेट लिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।