तस्बिर : क्यान।
काठमाडौं- आईसीसी विश्वकप लिग–२ अन्तर्गत यूएई सिरिजमा नेपालले यूएईबिरुद्ध खराब सुरुआत गरेको छ। जम्मा १७ रन जोड्ने क्रममा तीन विकेट गुमाएको छ।
२०८ रनको लक्ष्य पछ्याउने क्रममा ओपनर कुशल भुर्तेल, तेस्रो नम्बरमा आएका ज्ञानेन्द्र मल्ल र कप्तान रोहित पौडेल आउट भएका हुन्। दोस्रो ओभरमै भुर्तेल र तेस्रो ओभरमा मल्ल र पौडेल बाहिरिएका हुन्। भुर्तेल ६ बलमा ५ रन बनाएर पेभेलियन फर्किए भने मल्ल र पौडेलले खाता समेत खोल्न सकेनन्।
यसअघि ५० ओभर नै खेलेको यूएईले ८ विकेट गुमाएर २०७ रन बनाएको छ। यूएईका लागि सबैभन्दा धेरै आसिफ खानले ७२ रनको योगदान गरे। सन्दीप लामिछानेको बलमा क्याचआउट हुनुअघि उनले ९९ बल खेलेर ७२ रन बनाएका हुन्।
उनीपछि रोहन मुस्तफाले ७५ बलमा अविजित ५१ रन बनाएका छन्। आर्यन लार्का २८ रन, चुन्दनग्यापी रिजवान २२ रन, व्रित्या अरविन्द १८, अलिसान शरफु २ रन बनाएर आउट भए।
नेपालका लागि सन्दीप लामिछानेले सबैभन्दा बढी तीन विकेट लिए। दश ओभर नै बलिङ गरेका उनले जम्मा २७ रन दिएर तीन विकेट लिएका हुन्। यसैगरी करण केसीले दुई, आसिफ शेख र कुशल मल्लले समान एक-एक विकेट लिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।