काठमाडौं- आईसीसी विश्वकप लिग–२ अन्तर्गत युएई सिरिजमा नेपालले युएईबाट २०८ रनको मध्यम लक्ष्य पाएको छ। ५० ओभर नै खेलेको युएईले ८ विकेट गुमाएर २०७ रन बनाएको हो।
युएईका लागि सवैभन्दा धेरै आसिफ खानले ७२ रनको योगदान गरे। सन्दीप लामिछानेको बलमा क्याचआउट हुनुअघि उनले ९९ बल खेलेर ७२ रन बनाएका हुन्।
उनीपछि रोहन मुस्तफाले ७५ बलमा अविजित ५१ रन बनाएर युएईलाई उकासे। आर्यन लार्का २८ रन, चुन्दनग्यापी रिजवान २२ रन, व्रित्या अरविन्द १८, अलिसान शरफु २ रन बनाएर आउट भए।
नेपालका लागि सन्दिप लामिछानेले सवैभन्दा बढी तीन विकेट लिए। १० ओभर नै बलिङ गरेका उनले जम्मा २७ रन दिएर तीन विकेट लिएका हुन्। यसैगरी करण केसीले एक विकेट, आसिफ शेख र कुशल मल्लले समान एक-एक विकेट लिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।