काठमाडौं– आईसीसी विश्वकप लिग–२ अन्तर्गत यूएई सिरिजमा सन्दीप लामिछानेले व्यक्तिगत दोस्रो विकेट लिँदा नेपाललाई राहत भएको छ।
यूएईका लागि उत्कृष्ट प्रदर्शन गरिरहेका आसिफ खानलाई उनले क्याचआउट गराएका हुन्। खानले ९९ बलमा ७२ रन बनाएर खेल्दै थिए।
योसँगै नेपालले युएईको चौथो विकेट पतन गराएको छ। यसअघि सन्दीप लामिछानेले व्रित्या अरविन्दलाई बोल्ड गरेका थिए। नेपालका लागि कुशल मल्लले तेस्रो विकेट लिएका थिए भने करण केसीले पहिलो ओभरमै नेपाललाई सफलता दिलाएका थिए।
उनले पहिलो ओभर विकेटसहित मेडन राख्ने क्रममा पाचौं बलमा ओपनर मोहम्मद वासिमलाई आउट गरेका हुन्।
३६ ओभरको समाप्तिमा यूएईले चार विकेटको क्षतिमा १४० रन बनाएर खेलिरहेको छ। दुबईको अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा नेपालले टस जितेर फिल्डिङ गरिरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।