काठमाडौं- आईसीसी यू–१९ विश्वकप एसिया क्षेत्र छनोटमा यूएईविरुद्धको खेलमा नेपालले १९२ रनको लक्ष्य दिएको थियो। आजमान इडेन गार्डेन ओभलमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले ४८.४ ओभरमा अलआउट हुँदै उक्त संख्यामा रन बनाएको हो।
नेपालका कप्तान देव खनाल ८४ बलमा ३ चौका र १ छक्कासहित ५१ रन बनाए। एक समय १९-३ को अवस्थामा पुगेको नेपाललाई चौंथो विकेटका लागि उत्तम थापामगर र देव खनालले ८४ रनको साझेदारी गरेर उकासेका थिए।
उत्तम स्पिनर आयन खान अफ्जलको बलमा एलबीडब्लू आउट भए। उनले ४८ बलमा ३ चौका र १ छक्कासहित ३६ रन बनाएका थिए।
नेपालले पहिलो ओभरको पहिलो बलमै ओपनर दीपक बोहरा गुमाएको थियो। चौंथो ओभरको पाँचौं बलमा नेपालका ओपनर अर्जुन कुमाल तीन रनमा क्याच आउट भएका थिए।आकाश त्रिपाठी ९
रनमा बोल्ड भए भने विशाल विक्रम केसी ३८ रनमा एलबीडब्लू भए। हेमन्त धामीले १३ रन बनाए भने दीपेश कँडेल १५ रनमा आउट भए ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।