फाइल तस्बिर।
काठमाडौं- आईसीसी विश्वकप लिग–२ अन्तर्गत यूएई सिरिजमा नेपालका लागि सन्दीप लामिछानेले विकेट लिएका छन्। व्रित्या अरविन्दलाई सन्दीपले बोल्ड गरेसँगै यूएईको दोस्रो विकेट पतन भएको छ।
करण केसीले पहिलो ओभरमै नेपाललाई सफलता दिलाएका थिए। उनले पहिलो ओभर विकेटसहित मेडन राख्ने क्रममा पाचौं बलमा ओपनर मोहम्मद वासिमलाई आउट गरेका हुन्।
१४ ओभरको समाप्तिमा यूइईले दुई विकेटको क्षतिमा ४९ रन बनाएर खेलिरहेको छ। दुबईको अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा नेपालले टस जितेर फिल्डिङ गरिरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।