काठमाडौं- आईसीसी विश्वकप लिग–२ अन्तर्गत यूएई सिरिजमा नेपालका लागि करण केसीले पहिलो ओभरमै सफलता दिलाएका छन्।
उनले पहिलो ओभर विकेटसहित मेडन राख्ने क्रममा पाचौं बलमा ओपनर मोहम्मद वासिमलाई आउट गरेका हुन्।
तीन ओभर सकिँदा यूएईले एक विकेटको क्षतिमा १० रन बनाएर खेलिरहेको छ। दुबईको अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा नेपालका कप्तान रोहित पौडेलले टस जितेर फिल्डिङ गरिरहेको नेपालको प्लेइङ ११ मा स्पिनर सन्दीप लामिछाने पनि परेका छन्।
उनलाई श्याम ढकालको ठाउँमा खेलाइएको हो भने प्रतिस जिसीलाई लामिछानेले प्रतिस्थापन गरेका हुन्।
नेपालको प्लेइङ ११ मा कुशल भुर्तेल, आसिफ शेख, ज्ञानेन्द्र मल्ल, रोहित कुमार पौडेल, आरिफ शेख, दीपेन्द्र सिंह ऐरी, कुशल मल्ल, सोमपाल कामी, सन्दीप लामछिाने, करण केसी र गुल्सन झा छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।