मुम्बई– आमिर खान हिजोआज अमिताभ बच्चनसँग ‘ठग्स अफ हिन्दुस्तान’को सुटिङमा व्यस्त छन्। उनी अमिताभको ठूलो प्रसंसक पनि हुन्। यति नै बेला आमिर आफ्नो रिलिज हुन लागेको अघिल्लो फिल्म ‘सिक्रेट सुपरस्टार’ को प्रवर्द्धनमा पनि व्यस्त छन्। उनको फिल्म १९ अक्टोबरमा रिलिज हुँदैछ।
फिल्मको प्रमोसनका बेला जब उनीसँग अमिताभ बच्चनको विषयमा कुरा भयो, उनले अमिताभको धेरै खुबीहरु बताए। उनलाई पत्रकारहरुले घेरेर सोधेका थिए, 'अमिताभसँग काम गर्दा कस्तो महसुस भयो?'
'अमिताभसँग काम गर्नु आफैमा ठूलो कुरा हो,' उनले अमिताभको तारिफ गर्दै भने, ‘मिस्टर बच्चनलाई सिनेमाघरमा हेर्न पाउनु... उनको आभा... एक्सन, अभिनयको गहिराइ हेर्दा मनलाई सन्तुष्टि मिल्छ।’
अमिताभको मन परेको एउटा फिल्मको छनोट गर्नु आफ्नो लागि कठिन भएको उनले बताए। अमिताभको थुप्रै फिल्मले आफूलाई प्रभावित पारेको बताउँदै भने, ‘नटवरलाल, डन, नमक हलाल... यस्ता धेरै फिल्म छन्।’
उनले अमिताभको जस्तो स्टारडम फेरि बनाउन असम्भव रहेको बताए। ‘यो वास्तवमै अचम्मलाग्दो छ। उनीसँग जुन चुम्बकीय व्यक्तित्व छ... आफै कल्पना गर्नुस् एक समय उनको सात वटा फिल्म सिनेमाघरमा महिनासम्म चलिरहेको थियो,’ उनले भने।
आमिरले भने अमिताभको फिल्म डन, मुक्कदर का सिकन्दर, त्रिशूल एकै वर्ष १९७८ मा रिलिज भएको थियो। उनलाई त्यतिबेला आफ्नै फिल्म कहिले रिलिज गर्ने भनेर समय निकाल्न गाह्रो परिरहेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।