• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, असोज १८, २०८३ Sun, Oct 4, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

दर्शकहरू भारी दिमाग लिएर घर फर्कन चाहँदैनन् : दीपाश्री निरौला [अन्तर्वार्ता]

64x64
समर्पण श्री बिहीबार, फागुन १८, २०७९  १७:१५
1140x725

काठमाडौं– दीपाश्री निरौलाले ‘छक्का पञ्जा’को तीनवटा शृंखला निर्देशन गरिन्। शुक्रबारबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘छक्का पञ्जा–४’को निर्देशन भने यसपटक हेमराज बिसीले गरे। दीपा भने धेरै समयपछि अभिनयमा फर्केकी छन्। बक्स अफिसमा सधैं सफल भएका दीपक–दीपाका फिल्मले समीक्षकको भने आलोचना खेपिरहन्छन्।यसपटक समीक्षकबाट पनि फिल्मले साथ पाउने दाबी उनको छ। दीपासँग निर्देशन, अभिनय र फिल्मको निर्माण यात्राबारे नेपाल लाइभका समर्पण श्रीले गरेको कुराकानी यहाँ प्रस्तुत गरेका छौँः

‘छक्का पञ्जा’को तीनवटै शृंखलाको निर्देशन तपाईंले गर्नुभयो। यसपटकचाहिँ किन पछि हट्नुभयो?
कहिलेकाहीँ काम गर्ने कुरामा कसले धेरै कथालाई न्याय गर्न सक्दो रहेछ भन्ने रहेछ। यो हेमराज जीकै कथा हो। यसअघि हामी ‘माग्ने राजा’ फिल्म बनाउने योजनामा थियौँ। तर पछि धेरैले भन्नुभयो, ‘तपाईंहरूको फिल्म धेरैपछि आउँदैछ। छक्का पञ्जा नै राख्नुपर्छ होला। धेरै ग्याप हुँदा त्यसलाई फुलफिल गर्नुपर्छ।

हलवाला, वितरकहरूको पनि आग्रह थियो त्यो। त्यसपछि ‘माग्नेराजा’ कथालाई हामीले ‘छक्कापञ्जा–४’ बनायौँ। हामीलाई पनि काम गर्न सजिलो भयो। मलाई लाग्छ ब्यानर ठूलो कुरा हो। ब्यानरले कस्ता चलचित्र ल्याउँछन् भन्ने ठूलो कुरा हो। त्यसमाथि हेमराज जी स्थापित निर्देशक। हामीसँग काम गर्नु उहाँको लागि पनि त चुनौती छ। एउटाले निर्देशन गरिरहेको शृंखला आफूले गर्नु आफैंमा चुनौती हो। उहाँको लागि। हामीले टिम वर्क गर्यौं। 

पहिलो पटक ‘छक्का पञ्जा’ निर्देशन गर्दाको क्षण सम्झिनुहुन्छ? त्यो कतिको चुनौतीपूर्ण थियो?
फिल्म बनाउने भन्ने कुरा भयो। नाम ‘छक्कापञ्जा’ राख्यौँ। टिममा सबै निर्देशक थिए। कथा आएपछि सबैले आवाज उठाउनुभयो, ‘यो कथामा दीपा दिदीले नै न्याय दिनुहुन्छ।’ 

पटक पटक आग्रह गरेपछि उत्साह जाग्यो। मैले टेलिफिल्ममा लागेदेखि नै निरन्तर काम गरिरहेको थिएँ। यही क्रममा सम्पादन पनि सिकेको थिएँ। मलाई सबै अनुभव प्लस भयो। हुन्छ भनेँ। 

दिउँसो ओके भनेँ। राति त डर लाग्यो। यतिका मान्छेले माया गरेका छन्। न्याय दिन नसकुँला कि! मैले  दीपकजीलाई भनेँ, ‘मैले गर्ने र?’ उनले भने, ‘गर न। सक्छौ। नडराइ गर।’ 

दीपककै सिनबाट सुरु गर्छु भन्ने लाग्यो। मैले क्यारेक्टरबारे बताउँदा उनले छिटै बुझ्थे। वर्षा, दीपक र शिवहरी दाइको सिन थियो पहिलो। शिवहरि दाइले पनि एप्रिसिएट गर्नुभयो। एउटा कलाकारले सिन सम्झाउनु र कलाकारित नगरेको निर्देशक मात्र भएको मान्छेले सिन सम्झाउनु फरक हुने रहेछ। पहिलो सिनमै सबैले स्याबास भन्नुभयो। 

तपाईंको निर्देशनमा बनेको पहिलो फिल्मले नै अत्यधिक दर्शक पायो। तेस्रो शृंखलासम्म आइपुग्दा झन् राम्रो माहोल बन्यो। तीनवटा फिल्म सफल भइसकेपछि अर्को पनि आफैंले निर्देशन गर्छु भन्ने लाग्नुपर्ने हैन र?

Ncell 2
Ncell 2
nimb
nimb

हामी आफैं निर्देशन गर्ने भन्दा पनि मेकर भएर काम गरौँ भन्ने लागेको हो। फरक फरक कथाका फिल्म पस्कन टिम ठूलो महत्वपूर्ण कुरा हो। मैले अघि नै भनेँ, निर्देशन गर्न सक्थेँ। तर यो कथामा हेमराजले नै बढी न्याय दिन सक्नुहुन्थ्यो।

‘छक्का पञ्जा–४’ कै प्रसंगतिर जाऔं। केही दिनअघिसम्म पनि तपाईंहरू सुटिङमै हुनुहुन्थ्यो। जबकि प्रदर्शन मिति निकै नजिक थियो। पोस्ट प्रोडक्सनमा यति दबाबका साथ काम गर्दा क्वालिटीमा असर पार्दैन?

त्यही हुन्छ भनेरै हामी कन्सियस भएका हौँ। बुनाइको क्रम भत्केला कि भन्ने डरले नै हो। केही दिनअघि फिल्म सेन्सर भयो। सबैले एप्रिसिएट गर्नुभयो। सुधार्नुपर्ने रैछ कि भन्ने लागेका कुरामा कुनै कसर बाँकी राखेका छैनौँ। कति दिन खर्च भयो, कति पैसा खर्च भयो, हामी कहिल्यै सोच्दैनौँ। जसरी हुन्छ दर्शकलाई चित्तबुझ्दो सिनेमा दिने हाम्रो ध्यान हुन्छ। 

दीपक–दीपाको चलचित्रमा केन्द्रीय पात्र अर्थात् ‘हिरो’ सधैँ पुरुष नै देखिन्छ। महिलाको चरित्र उति सशक्त पाइन्न। ‘छक्का पञ्जा ४’ मा पनि  त्यसैको निरन्तरता हो? 

Xtrem

Xtrem

‘छक्का पञ्जा’ भन्नेबित्तिकै राजाको क्यारेक्टर स्थापित गरायौँ। राजाले गरेका ‘छक्कापञ्जा’ हुन् नि त सबै। यसपालिचाहिँ तपाईंले अलिकति फरक पाउनुहन्छ। 

ट्रेलरमा त त्यो फरक देखिएको छैन नि?
सबै कुरा खोलेका छैनौँ। लुकाएका छौँ। दीपक जी मुख्य पात्र त हुन्। तर ‘४’मा तपाईंले महिला पात्र बलियो पाउनुहुन्छ।

तपाईंहरूलाई लाग्ने एउटा आरोप छ, हरेक फिल्ममा क्यारेक्टर उस्तै किसिमका हुन्छन्। केदार घिमिरेकै क्यारेक्टर हेर्नुस् न, जुनै फिल्ममा पनि उस्तै लाग्छछ। दीपकराजकै चरित्रमा पनि विविधता पाइन्न। यसपालि केही फरक देख्न पाइन्छ?
अवश्य देखिन्छ। दीपक राजा नै हुन्छन्। तर कुन किसिमको राजा हुन् भन्ने कुरा महत्वपूर्ण हुन्छ। अरु चरित्रहरूमा पनि हामीले धेरै मेहेनत गरेका छौँ। यसपालि विविधता पाउनुहुन्छ। 

अभिनयमा तपाईं धेरैपछि देखिँदै हुनुहुन्छ। कस्तो रह्यो अनुभव?
छनोट गर्नुपर्दा राम्रो भूमिका पाएँ भने कलाकारिता नै गर्छु। झन् यसपालि फरक अनुभव गरेको छु। फरक भूमिकामा आफूलाई उभ्याएको छु भन्ने लागेको छ। समग्रमा रमाइलो भयो। पहिला त दिमागमै निर्देशन थियो। यसपालिचाहिँ अभिनय नै  हाबी भयो।

सधैंभरि तपाईंहरूको टिममा जितु नेपाल देखिनुहुन्थ्यो। यसपालि देखिनुभएन। कथाले नमागेको हो कि टिमको ‘केमेस्ट्री’ले?
जितुको हकमा कथाले नमागेको हो। तपाईंले फिल्म हेर्दा पनि त्यो थाहा पाउनुहुन्छ। जितु राम्रो साथीभाइ हुन्। सानो भूमिकामा प्रिजेन्ट गर्न पनि गाह्रै हुन्छ। जितुसँग फेरि पनि काम गर्न सकिन्छ। जितुले अस्ति भर्खर फिल्ममा राम्रो भूमिका निभाएको छ। सुरुमा त धुर्मुसले पनि खेलेको थियो, ऊ पनि छैन अहिले। दयाहाङ, शिवहरी दाइ, किरण दाइ पनि हुनुहुन्न त। त्यसकारणे कलाकारलाई मिस यूज गर्न चाहन्नौं। सानो भुमिकामा झारा टार्ने भन्दा पनि राम्रो भूमिकामा प्रिजेन्ट गर्ने हो। 

तपाईंहरूको ब्यानरका फिल्मले लोकप्रियता त बटल्छन्। तर समीक्षकको आलोचना पनि उतिकै खेप्छन्। यो फिल्मचाहिँ समीक्षकको आँखामा जच्ला त?
‘छ माया छपक्कै’देखि समीक्षकको मन जितेका छौँ। यसपालि दर्शकलाई पनि मनपर्ने चलचित्र र समीक्षकलाई पनि मनपर्ने चलचित्र बनाएका छौँ। 

नेपालकै चलचित्रको सन्दर्भमा समीक्षकले मन पराएका चलचित्र आम दर्शकसम्म कमै पुगेको पाइन्छ। तर अत्यधिक दर्शकले मन पराएका चलचित्रमा चाहिँ समीक्षकका मत भने मीठा भेटिन्नन्। यो द्वन्द्व किन हुँदो रहेछ? 
चलचित्र कसको लागि बनाउने भन्ने पहिलो प्रश्न हो। मासका लागि बनाउने हो। मासका लागि बनाउँदा कतिपय कुरा छुटेका हुन सक्छन्। काम गर्ने हो, छुन्छ छुँदैन प्रदर्शन पछि मात्र थाहा हुन्छ। यसपालि यो चलचित्रचाहिँ समीक्षकले पनि मन पराउँछन्, आम दर्शकले पनि।

फिल्म लगातार बक्स अफिसमा कमजोर प्रस्तुत भइरहँदा कतिपय निर्देशकहरू दर्शकको मनोविज्ञानबारे कुरा गर्नुहुन्छ। तपाईंहरूको त एकपछि अर्को फिल्म झन् धेरै हिट भइरहेका हुन्छन्। दर्शकको मनोविज्ञानचाहिँ के रहेछ त?
दर्शक खुसी हुन चाहन्छन्। धेरै सोचेर दिमाग ह्याङ बनाउने विषयवस्तु भन्दा पनि कमेडी होस्, तीन घण्टा हेरुन्जेल खुसी बनाओस्। ३ घण्टाले तीन वर्षको काम गरोस् भन्ने अनुभूति दर्शकलाई दिलाउनुपर्छ। म कुनै फिल्म हेरेर भारी दिमाग बोकेर घर आएँ भने केही पनि सोच्न सक्दिनँ। दर्शकले हाम्रो चलचित्रलाई यसरी सोच्नुहुन्छ, ‘विषयवस्तु पनि यिनीहरूले कमेडी खालको उठाउँछन्। समसामयिक विषय बोल्छन्। युवाको आवाज पनि उठाउँछन्।’ 

हल्काफुल्का भए पनि हेरुन्जेलसम्म मज्जा मान्छन्। दर्शकहरूले हाम्रो चलचित्रमा आफूलाई रिलेट गर्नुहुन्छ।

अब तपाईं निर्देशनमा चाहिँ कहिले फर्कने?
सायद अर्को फिल्ममा हुनसक्छ। विषयवस्तु राम्रो आयो भने सहकार्यमा विश्वास गर्छौं। छक्कापञ्जा मात्र फिल्म क्षेत्रमा उठेर हुन्न। अरु पनि ब्युँतिनुपर्‍यो। सहकार्यमा काम गर्दैछौं। चाँडै आउन पनि सक्छु।

प्रकाशित मिति: बिहीबार, फागुन १८, २०७९  १७:१५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
समर्पण श्री
लेखकबाट थप
जब माओत्सेलाई ‘दयारानी’को फेरि माया लागेर आयो
‘हल्‍कारा’को पात्रले खाने खैनी, जसले महेशलाई निकै वर्षसम्म सतायो
किन पलायन हुँदैछन् नेपाली डाक्टर?
सम्बन्धित सामग्री
अभिनेता मुश्ताक खानको निधन, ‘आशिकी’देखि ‘वेलकम’सम्मका भूमिकाबाट बनाएका थिए छुट्टै पहिचान सुरेश श्यामलाल गुप्ताका अनुसार मुश्ताक खानलाई पाँच वर्षअघि फोक्सोको क्यान्सर भएको थियो। उपचारपछि उनी निको भएका थिए। तर करिब दुई साता... बिहीबार, असोज ८, २०८३
सलमान खानले बिग बोसको स्टेजमै किन टोपी र ज्याकेट खोले ? शनिबारको एपिसोडअघि सार्वजनिक गरिएको प्रोमोमा सलमानले आफूलाई ‘भाइ मोटा हो गया है’ भन्दै ट्रोल गरिएको प्रसंग उठाएका छन् । त्यसपछि उनले... आइतबार, असोज ४, २०८३
‘मिसेस नेपाल वर्ल्ड २०२६’ को स्यासिङ सम्पन्न, २२ प्रतिस्पर्धी अन्तिम चरणमा थापागाउँस्थित बानेश्वर हिल्समा आयोजित समारोहमा देशभर गरिएका अडिसनबाट छनोट भएका २२ जना अन्तिम प्रतिस्पर्धीहरूलाई ट्याग नम्बर र सष्निज... शुक्रबार, असोज २, २०८३
ताजा समाचारसबै
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
एमालेले बोलायो संसदीय दलको बैठक आइतबार, असोज १८, २०८३
होर्मुज जलडमरूमध्यमा इरानद्वारा सात तेल ट्यांकरलाई निशाना बनाएको दाबी आइतबार, असोज १८, २०८३
हेटौंडा–ढल्केबर ४०० केभी प्रसारणलाइन दशैंलगत्तै चार्ज हुने आइतबार, असोज १८, २०८३
युवा नेता तिवारीले गरे कांग्रेस महामन्त्री पदमा उम्मेदवारी घोषणा आइतबार, असोज १८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
रास्वपाद्वारा विभाग प्रमुख र उपप्रमुख मनोनयन, को-कोले पाए कुन-कुन विभाग? शनिबार, असोज १७, २०८३
बुर्किना फासोमाथि अर्जेन्टिनाको गोल वर्षा आइतबार, असोज १८, २०८३
केन्द्रीय समिति प्रवेशको तयारीमा कांग्रेसका ६ चर्चित युवा आइतबार, असोज १८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय मंगलबार, असोज १३, २०८३
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
लोकसेवाको परामर्श समावेश नगरी मन्त्रिपरिषद्मा पेश हुँदै निजामती सेवा विधेयक, छुट्टै पठाउने तयारी सोमबार, असोज १२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्