काठमाडौं– क्रिकेटर तथा नेपाली क्रिकेट टिमका पूर्व कप्तान सन्दीप लामिछाने यूएई गएका छन्। आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको त्रिदेशीय एक दिवसीय श्रृंखला खेल्नका लागि उनी बुधबार यूएई गएका ह्न्।
उनी नेपाल क्रिकेट संघ (क्यान)का कोषाध्यक्ष रोशनकुमार सिंहका साथमा बुधबार दिउँसो ३ बजेको उडानबाट यूएई गएका हुन्।
सन्दीपले टिममा रहेका अर्का स्पिनर मौसम ढकालको ठाउँ लिने क्यानले जनाएको छ। मंगलबार अभ्यासका क्रममा मौसमलाई काँधमा चोट लागेको थियो।
सन्दीप भोलि बहीबार यूएईसँग हुने खेलमा समावेश हुने सम्भावना रहेको छ। सर्वोच्चको आदेशपछि क्यानले आईसीसीसँग टिममा समावेश गर्नका लागि अनुमति माग गरेको थियो। आईसीसीले अनुमति दिएपछि उनी यूएई गएका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।