काठमाडौं– प्रदेश १ को प्रतिपक्षी दल नेकपा (एकीकृत समाजवादी) र सत्तारूढ दल जनता समाजवादी पार्टीले नामाकरण सम्बन्धमा संयुक्त रूपमा फरक प्रस्ताव दर्ता गराएका छन्।
उनीहरूले प्रदेश १ को नाम पहिचानका आधारमा राख्नुपर्ने भन्दै एमाले, नेपाली कांग्रेस र माओवादी केन्द्रकाबिचमा भएको सहमति बाहेकको प्रस्ताव दर्ता गराएका हुन्।
उनीहरूले किरात–लिम्बुवान–सगरमाथा प्रदेश नामाकरणका लागि प्रदेश सभा सचिवालयमा प्रस्ताव दर्ता गराएका छन्।
उक्त नामकरणका लागि दर्ता गरिएको प्रस्तावमा एकीकृत समाजवादीका नेता तथा पूर्वमुख्यमन्त्री राजेन्द्रकुमार राई प्रस्तावक र स्वास्थ्यमन्त्री तथा जसपाकी एक्ली प्रदेश सांसद निर्मला लिम्बू र एकीकृत समाजवादीका कमलप्रसाद जबेगु समर्थक छन्।
यसअघि प्रमुख प्रतिपक्षी कांग्रेस र सत्तारूढ दल एमालेले संयुक्त रूपमा कोशी प्रदेश नामाकरणका लागि प्रदेश सभा सचिवालयमा प्रस्ताव दर्ता गराएका छन्।
यी दुईवटा नाम सदनमा प्रस्ताव हुनेछन्। प्रदेश १ का सभामुख बाबुराम गौतमले प्रदेश नामाकरणका लागि प्रदेश सभा सचिवालयमा प्रस्ताव दर्ताका लागि आह्वान गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।