तस्बिर : क्यान। काठमाडौं– आईसीसी यू–१९ विश्वकप एसिया क्षेत्रको छनोटमा मलेसियामाथि नेपालले शानदार जित निकालेको छ। जम्मा ७३ रनको लक्ष्य पाएको नेपालले ९ ओभरमा पूरा गर्यो।
नेपालको जितमा ओपनर दीपक बोहरा २९ बलमा ८ चौकासहित ३८ र अर्जुन कुमाल २५ बलमा ३ चौकासहित अविजित २१ रन जोडे।
टस जितेर ब्याटिङ रोजेको मलेसिया ३५.३ ओभरमा ७२ रन जोड्दै अलआउट भयो। मलेसियाका लागि मोहम्मद अकरम मलेक सर्वाधिक २६ रन बनाए।
नेपालका लागि दीपेशले १० ओभरमा ४ मेडनसहित जम्मा ११ रन खर्चेर ४ विकेट लिए। आकाश चन्दले ४.३ ओभर बलिङ गर्दै ९ रन खर्चेर ३ विकेट लिए।
मिलन बोहराले ९ ओभरमा ५ मेडनसहित ८ रन खर्चेर २ विकेट लिए।
लगातार ४ खेल जितेर अंकतालिकाको शीर्ष नम्बरमा उक्लिएको नेपाल विश्वकपनजिक देखिएको छ। आगामी बिहीबार यूएईलाई पराजित गरेमा आगामी वर्ष श्रीलंकामा हुने यू १९ विश्वकप खेल्न पाउनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।