नेपाली यु १९ क्रिकेट टिम (फाइल तस्बिर)
काठमाडौं– बायाँ हाते स्पिनर दीपेश कँडेल र आकाश चन्दको उत्कृष्ट बलिङसँगै आइसिसी यू–१९ विश्वकप एसिया क्षेत्रको छनोटमा मलेसियालाई नेपालले ७३ रनमै रोकेको छ। टस जितेर ब्याटिङ रोजेको मलेसिया ३५.३ ओभरमा ७२ रन जोड्दै अलआउट भयो।
मलेसियाका लागि मोहम्मद अकरम मलेक सर्वाधिक २६ रन बनाए।
नेपालका लागि दीपेशले १० ओभरमा ४ मेडनसहित जम्मा ११ रन खर्चेर ४ विकेट लिए। आकाश चन्दले ४.३ ओभर बलिङ गर्दै ९ रन खर्चेर ३ विकेट लिए।
मिलन बोहराले ९ ओभरमा ५ मेडनसहित ८ रन खर्चेर २ विकेट लिए। यससँगै नेपालले विजयी यात्रालाई निरन्तरता दिने संकेत गरेको छ।
नेपालले यसअघिका तीनवटै खेल जितेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।