काठमाडौं– आईसीसी यु १९ पुरुष विश्वकपको एसिया छनोटअन्तर्गत नेपालले आज (मंगलबार) मलेसियाको सामना गर्दै छ। लगातार ३ खेलमा जित निकालेको नेपाल चौथो खेलमा यूएईमा मलेसियासँग खेल्न लागेको हो। खेल नेपाली समयानुसार बिहान १०:४५ बाट सुरु हुनेछ।
नेपालले यसअघि पहिलो खेलमा शुक्रबार सिंगापुरलाई, दोस्रो खेलमा शनिबार कुवेतलाई र तेस्रो खेलमा सोमबार हङकङलाई पराजित गरिसकेको छ। लगातार जित निकालिरहेको नेपाल चौथो जितका लागि मैदान उत्रिनेछ।
मलेसिया भने दोस्रो जितको खोजीमा रहनेछ। मलेसियाले पहिलो खेलमा कुवेतलाई पराजित गरेको थियो।
प्रतियोगितामा नेपालसहित, सिंगापुर, मलेसिया, हङकङ, यूएई र कुवेत छन्। सिंगल राउण्ड रोबिनको आधारमा सञ्चालन हुने प्रतियोगितामा शीर्ष टोलीले आगामी २०२४ मा श्रीलंकामा आयोजना हुने विश्वकप यु–१९ मा सिधै छनोट हुने मौका पाउनेछ।
मलेसियासँगको खेलपछि नेपालले अन्तिम खेल आयोजक यूएईसँग फागुन १८ गते, बिहीबार खेल्नेछ।
नेपाली टिम:
देव खनाल (कप्तान), आकाश त्रिपाठी, अर्जुन कुमाल, दिपक बोहरा , दिपक बोहरा, उत्तम थापा मगर, दिपक डुम्रे, दिपेश कंडेल, हेमन्त धामी, दुर्गेश गुप्ता, सुबास भण्डारी, विशाल बिक्रम केसी, मिलन बोहरा, आकाश चन्द
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।