काठमाडौं– सर्वोच्च अदालतले क्रिकेटर सन्दीप लामिछानेलाई क्रिकेट खेल्नका लागि विदेश जाने अनुमति दिएको छ।
सर्वोच्च अदालतका न्यायाधीशद्वय सपना प्रधान मल्ल र कुमार चुडालको इजलासले यस्तो आदेश दिएको हो। यसअघि उच्च अदालत पाटनले सन्दीपलाई काठमाडौंबाहिर जान नपाउनेगरि २० लाख धरौटीमा रिहा गरेको थियो।
उच्चको निर्णयपछि सन्दीपविरुद्ध महान्यायाधिवक्ता कार्यालयले दायर गरेको पुनरवलोकन निवेदन दिएको थियो भने सन्दीपले विदेश जान पाउनुपर्ने माग गर्दै निवेदन दिएका थिए।
दुवै मुद्दामा आइतबार र सोमबार एकै इजलासमा सुनुवाइ भएको थियो। सर्वोच्चदले धरौटीमा छाड्ने उच्च अदालत पाटनको आदेशलाई सदर गरेको छ।
यसअघि काठमाडौं जिल्ला अदालतले सन्दीपलाई थुनामा पठाउने आदेश गरेको थियो। उक्त आदेशविरुद्ध उनी उच्च अदालत पुगेका थिए।
सन्दीपविरूद्धको मुद्दा काठमाडौं जिल्ला अदालतमा विचाराधीन छ। उक्त मुद्दालाई छिटो टुंग्याउन पनि सर्वोच्चले निर्देशनात्मक आदेश जारी गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।