काठमाडौं- आईसीसी यू–१९ विश्वकप एसिया क्षेत्र छनोट अन्तर्गत नेपालले हङकङलाई ९ विकेटले पराजित गरेको छ। हङकङले दिएको १ सय २१ रनको लक्ष्य नेपालले एक विकेटको क्षतिमा २२ ओभरमा पूरा गर्यो।
टस जितेर पहिला ब्याटिङ रोजेको हङकङलाई नेपालले ४६.३ ओभरमा जम्मा १ सय २० रनमा अलआउट गरेको थियो।
नेपालका लागि ब्याटर आकाश त्रिपाठीले ७० बलमा ५८ रन बनाए। उत्तर रेंगु थापामगरले ५० बलमा ३९ रन बनाउँदै अविजित साथ दिए।
तीव्र गतिका बलर हेमन्त धामी र स्पिनर सुवास भण्डारीको कसिलो बलिङका कारण हङकङलाई १ सय ३० रनमै रोक्न नेपाल सफल भएको हो।
भण्डारीले १० ओभरमा ३ मेडनसहित १० रन खर्चेर २ विकेट लिए। हेमन्तले ९ ओभरमा ३ मेडनसहित १९ रन खर्चेर ३ विकेट लिए। आकाश चन्दले ८.३ ओभरमा ४३ रन खर्चेर २ विकेट लिए। दीपेश कँडेलले एक विकेट लिए।
नेपालले लगातार तेस्रो जित हो। यसअघि सिंगापुर र कुवेतमाथि जित निकालेको नेपाल शिर्ष स्थानमा उक्लिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।