तस्बिर : क्यान।
काठमाडौं- बायाँ हाते तीव्र गतिका बलर प्रतिश जिसीले आफ्नो डेब्यु खेलमा पहिलो विकेट लिएका छन्। आईसीसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडीआई सिरिज अन्तर्गत पपुवा न्युगिनिया (पीएनजी) बिरुद्धको खेलमा उनले विकेट लिएका हुन्।
यसअघि गुलसन झाले तीन र सोमपाल कामीले एक विकेट लिइसकेका छन्।
दुबई इन्टरनेशल क्रिकेट स्टेडियममा भइरहेको खेलमा उनले पीएनजीका हिरी हिरीलाई दिपन्द्रसिंह ऐरीबाट क्याआउट गराएका हुन्। ३४औं ओभरमा प्रतिशले विकेट लिएसँगै पीएनजीको पाँचौं विकेट पतन भएको छ। जम्मा ११९ रन बनाएको छ।
राष्ट्रिय टोलीमा डेब्यु गरेका प्रतिश बलिङका साथै तल्लो क्रममा ब्याटिङ समेत गर्छन्।
उनले नेपाल टी२० लिगमा प्रतिशले पोखरा एभेन्जर्सबाट खेलेका थिए। बागमती प्रदेशबाट घरेलु क्रिकेट खेल्ने उनले नेपालका लागि यू–१९ र यू१–६ बाट खेलिसकेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।