काठमाडौं- आईसीसी यू–१९ विश्वकप एसिया क्षेत्र छनोट अन्तर्गत नेपाललाई हङकङले १ सय २१ रनको सामान्य लक्ष्य दिएको छ। टस जितेर पहिला ब्याटिङ रोजेको हङकङलाई नेपालले ४६.३ ओभरमा जम्मा १ सय २० रनमा अलआउट गरेको हो।
हङकङका लागि पर्थ भगवतले ९३ बल खेल्दै ४ चौकासहित सर्वाधिक ३६ रन बनाए। तीव्र गतिका बलर हेमन्त धामी र स्पिनर सुवास भण्डारीको कसिलो बलिङका कारण हङकङलाई १ सय ३० रनमै रोक्न नेपाल सफल भएको हो।
भण्डारीले १० ओभरमा ३ मेडनसहित १० रन खर्चेर २ विकेट लिए। हेमन्तले ९ ओभरमा ३ मेडनसहित १९ रन खर्चेर ३ विकेट लिए। आकाश चन्दले ८.३ ओभरमा ४३ रन खर्चेर २ विकेट लिए। दीपेश कँडेलले एक विकेट लिए।
नेपालले पहिलो खेलमा सिंगापुरलाई ९६ रन र कुवेतलाई २ सय ४३ रनको फराकिलो अन्तरले पराजित गरेको छ। नेपालसँग समान ४ अंक भएको युएई रनरेटका कारण शीर्ष स्थानमा छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।