नेपाली क्रिकेट टिम।
काठमाडौं- आईसीसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडीआई सिरिज अन्तर्गत पपुवा न्युगिनिया (पीएनजी)विरुद्धको खेलमा गुल्सन झाले दोस्रो विकेट लिएका छन्।
५५ बलमा ३३ रनसहित खेलिरहेका पीएनजीका सेसे बाउलाई उनले बोल्ड गरेका हुन्। टस जितेर पहिला फिल्डिङ गरिरहेको नेपालका लागि तेस्रो विकेट हो।
यसअघि झाले पीएनजीका किल्पिन दोरिगाले ५९ बलमा २९ रन बनाउँदा क्याचआउट गरेका थिए।
पहिलो विकेट बलर सोमपाल कामीले लिएका थिए। दुब
ईको इन्टरनेशल क्रिकेट स्टेडियममा भइरहेको खेलमा २४औं ओभर सकिँदा तीन विकेटको क्षतिमा पीएनजीले जम्मा ८७ रन बनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।