काठमाडौं– अभिनेत्री शिल्पा पोखरेलले छवि ओझाविरुद्धको मुद्दा जितेकी छन्।
काठमाडौं जिल्ला अदालको फैसलाअनुसार शिल्पाले छवीको आधा सम्पत्ति पाउने भएकी छन्। साथै उनीहरूको सम्बन्धविच्छेद पनि टुंगिएको छ।
छविकी जेठी श्रीमतीले हालेको बहुविवाहको मुद्दा पनि खारेज भएको छ। शिल्पाले सामाजिक सञ्जालमा एक स्टाटस लेख्दै जितको खुसी मनाएकी छन्।
‘हिजो सम्मानित काठमाडौं जिल्ला अदालतबाट छवि ओझा बिरुद्धको मेरो मुद्धामा मलाइ जिताउने सम्पूर्ण निर्णयले मैले सम्मानित अदालतबाट न्याय पायेको महसुस गरेको छु,’ उनले लेखेकी छन्।
साथै आफूलाई साथ दिनेहरूलाई पनि शिल्पाले धन्यवाद दिएकी छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।