एजेन्सी– इटालीको दक्षिणी क्यालाब्रिया क्षेत्रको समुन्द्र आएको आँधीका कारण आइतबार बिहान डुंगा डुब्दा केही महिनाका एक शिशुसहित ५९ जना आप्रवासीको मृत्यु भएको पुष्टि क्यालाब्रिया नगरका नगर प्रमुखले पुष्टि गरेका छन्।
क्यालाब्रिया नगरका नगर प्रमुखभिन्सेन्जो भोसले उद्धारकर्मीहरूलाई उद्धृत गर्दै स्काई टीजी–२४ टेलिभिजन च्यानलसँग भने, ‘डुंगा करिब ‘२०० भन्दा बढी मानिस’ सवार रहेका र मृत्यु हुनेको संख्या ५९ पुगेको पुष्टि भएको छ।’
यसअघि, क्षेत्रीय गभर्नर रोबर्टो ओचिउटोले भने, ‘बालबालिकासहित दर्जनौं मानिस डुबेर मरेका छन्। अझै धेरै समुद्रमा हराइरहेका छन्।’ यो भयानक त्रासदीपछि क्यालाब्रिया शोकमा डुबेको छ।
इटालियाली सञ्चार माध्यमका अनुसार तटीय शहर क्रोटोनमा स्थानीय समय अनुसार आइतबार बिहान करिब ४:०० बजे डुंगा डुबेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।