• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज २९, २०८३ Thu, Oct 15, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

प्रधानमन्त्रीले नै कित्ता फेर्दा पनि सरकारबाट किन बाहिरिएन एमाले?

64x64
नेपाल लाइभ शनिबार, फागुन १३, २०७९  १९:२५
1140x725

काठमाडौं- तत्कालीन सात दलीय सत्ता गठबन्धनका चार दलले शुक्रबारबाट नयाँ गठबन्धनको सुरुवात गरेका छन्। राष्ट्रपतिमा कांग्रेस उम्मेदवारलाई सघाउनेमा पुराना गठबन्धनका माओवादी केन्द्रसहित चार दल छन्। शनिबार नेपाली कांग्रेससहित ८ दलीय नयाँ गठबन्धनले राष्ट्रपतिका लागि रामचन्द्र पौडेललाई उम्मेदवार बनाएका छन्।

अर्कोतिर, नेकपा एमालेले भने संविधान सभा अध्यक्ष तथा पार्टी उपाध्यक्ष सुवास नेम्वाङलाई अघि सारेको छ। एमालेबाहेक नेम्वाङको पक्षमा अहिले कुनै पनि दल खुलिसकेका छैनन्।

नयाँ गठबन्धन बनेसँगै एमालेले सरकारबाट बाहिरिने र सरकारलाई दिएको समर्थन फिर्ता लिने आकलन गरिएको थियो। तर एमालेले समर्थन फिर्ता नलिने मात्रै होइन, तत्काल सरकारबाटसमेत नहट्ने निर्णय गरेको छ। माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कित्ता फेरेपछि पनि सरकारमै बसिरहने एमालेको निर्णय स्वाभाविक देखिँदैन। एमालेले राजनीतिक दाउपेच कायमै राख्न यस्तो निर्णय गरेको बुझ्न गाह्रो छैन।

नेम्वाङको उम्मेदवारी र पुस १० को सहमति
एमाले सचिवालय बैठकपछि उपमहासचिव पृथ्वी सुब्बा गुरुङले आफूहरु पुस १० को सहमतिमा अडिएको बताए। ‘हामी पुस १० कै निर्णयमा अडिनुपर्छ। त्यसकै आधारमा उम्मेदवारी दिनुपर्छ र त्यसकै आधारमा राष्ट्रपति चयन गर्नुपर्छ भन्ने हो’, उनले भने,  ‘२५ गतेसम्म कांग्रेसबाहेक अरु दललाई हामी सहमतिमा ल्याउने प्रयत्न गर्छौं।’

पुस १० गते प्रधानमन्त्रीमा एमालेले प्रचण्डलाई प्रस्ताव गर्दै गर्दा राष्ट्रपतिमा एमालेलाई सघाउने सहमति भएको थियो। पुस २६ गते नेपाली कांग्रेसलेसमेत विश्वासको मत दिएपछि फेरिएको प्रचण्डको मनोवृत्तिले सत्ता समीकरण नै फेर्ने संकेत गरेको छ।

एमालेका एक सचिवालय सदस्यका अनुसार एमालेले उक्त सहमति कायम राख्ने प्रयत्न फागुन २५ गतेसम्म नै गर्नेछ। उनी भन्छन्, ‘उम्मेदवार उठाउँदा वा प्रस्ताव गर्दा केही फरक पर्दैन। भोट दिने बेलासम्म माहोल फरक हुन सक्छ।’

ती नेताका अनुसार राष्ट्रपतिका लागि नेम्वाङको नाम सुरुमा प्रचण्डले नै लिएका हुन्। सात दलीय सत्ता गठबन्धनको बैठकमासमेत प्रचण्डले नेम्वाङको नाम लिएको उनको दाबी छ। एमाले अध्यक्ष ओलीले शनिबारको सचिवालय बैठकमा प्रचण्डले पटक-पटक राष्ट्रपतिका लागि नेम्वाङको नाम लिएको ब्रिफिङ गरेका छन्।

गठबन्धनमा संकट आउने झिनो आशा
राष्ट्रपतिको उम्मेदवार रामचन्द्र पौडेललाई बनाउने विषयमा आठ दल सहमत भएका छन्। तर गठबन्धनको स्पष्ट खाका बनिसकेको छैन। पुस १० गते सात दलको प्रचण्डलाई प्रधानमन्त्री बनाउने सहमति भएको थियो तर शक्ति बाँडफाँटका क्रममा समस्या आयो। 

Ncell 2
Ncell 2
nimb
nimb

आठ दलमा पनि त्यही समस्या दोहोरिने एमालेले देखेको छ। एमाले अध्यक्ष केपी शर्मा ओली गठबन्धन बनिनसकेको बताउँछन्। ओली भन्छन्,  ‘केही दलहरुले राष्ट्रपतिमा कांग्रेसलाई समर्थन गर्ने निर्णय गरेका हुन्। गठबन्धन अझै बनिसकेको छैन।’

राष्ट्रपतिको चुनावअघि नै नयाँ गठबन्धन बनाउने कसरत हुनेछ। शक्ति बाँडफाँटसहितको नयाँ गठबन्धन बनाउन सकस पर्ने एमालेको बुझाइ छ। ‘एकीकृत समाजवादीले के पाउने भन्ने विषयमा अझै प्रष्ट भएको छैन। कांग्रेसले राष्ट्रपति आफूले पाइहाल्न थप बोलेको छैन तर प्रचण्डलाई नै पूरै कार्यकाल प्रधानमन्त्री छाड्न उनीहरु तयार हुँदैनन्,’ एक एमाले नेता भन्छन्। त्यस्तो अवस्था आउँदा फेरि एमालेलाई सम्झिने दिन आउने उनको बुझाइ छ।

राष्ट्रिय सहमति र जनजाति ‘सेन्टिमेन्ट’
अहिलेकै परिदृष्यमा नेम्वाङले बहुमत पाउने देखिँदैन। त्यस्तो अवस्थामा पनि उनलाई अघि सार्नुको कारण नै प्रचण्डलाई अप्ठ्यारोमा पार्ने एमालेको प्रयास हो।

‘नेम्वाङ कमरेड अघि सारेर दुईटा सन्देश दिन खोजेका छौं। एक त उहाँ दुईपटक संविधान सभा अध्यक्ष हुँदा सबैलाई मिलाएर लैजान सक्ने छवि भएको नेताका रुपमा आमजनलाईसमेत जानकारी छ। अर्को, माओवादी केन्द्रले आदिवासी, जनजाति, महिला र दलितलाई अवसर दिने कुरामा आफू अघि रहेको दाबी गर्दै आएको छ। बाहुन कि जनजाति भनेर यही बिन्दुमा त्यसको परीक्षा हुन्छ,’ उनी भन्छन्।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

आदिवासी जनजातिमा माओवादी केन्द्रले एमालेकाविरुद्ध अफवाह फैलाएर एक समय समस्या नै सिर्जना गरेको उनले उल्लेख गरे। नेकपा माओवादी केन्द्रले राष्ट्रपतिमा राष्ट्रिय सहमति खोज्ने बताउँदै आएको थियो। एमालेले आफ्नो पार्टीको उम्मेदवारलाई सहयोग गर्न आग्रह गर्दा प्रचण्डले राष्ट्रिय सहमतिको आवश्यकता औंल्याएका थिए। 

मुखबाट राष्ट्रिय सहमति भनेका प्रचण्डले बगलीमा कांग्रेस बोकेर हिँडेको विषयमा एमाले जानकार थियो। आगामी दुई हप्तामा प्रचण्डले साँच्चै राष्ट्रिय सहमति चाहेका हुन् वा सार्वजनिक खपतका लागि भन्ने प्रमाणित गरिदिने रणनीति पनि एमालेले लिएको छ।

वामपन्थी भावनामा भाँजो
वर्तमान परिस्थिति आउने कुरामा एमाले तीन हप्ताअघि नै विश्वस्त जस्तै थियो। राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेको पार्टीलाई गृह मन्त्रालय नदिने कुरामा प्रचण्डले अड्डी कसेपछि सम्बन्धमा तिक्तता बढ्दै गएको थियो।

प्रचण्डले राष्ट्रपति निर्वाचनमा कित्ता फेर्ने भएकाले एकखालको भण्डाफोर अभियान जरुरी रहेको एमाले नेताहरुले ठाने। केही वामपन्थी मतदातामा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नाममा भएको एकता ओलीका कारण टुटेको भन्ने रहेकाले त्यसलाई चिर्न एमाले उचित अवसर खोजिरहेको थियो। 

त्यसैमाथि अर्कोतिर एकीकृत समाजवादी र माओवादी केन्द्रलगायतका दल मिलेर समाजवादी केन्द्र बनाउने छलपल चलाइरहेका छन्। एमालेभन्दा शक्तिशाली वाम पार्टी निर्माणका लागि उनीहरु प्रयास गरिरहेको अवस्थामा आफ्ना कार्यकर्ता र मतदाता भड्किन नदिने उपाय एमालेले खोज्नुपर्ने थियो।

एमालेले जुट्ने प्रयास गर्दा पनि माओवादी केन्द्र फुट्नेतिर लाग्ने यो समय जनतामाझ जान एमालेका लागि उपयुक्त अवसर भयो।  एमालेले एक्कासी  ‘ग्रासरुट अभियान’ चलाउनुको कारण यही परिस्थितिको आकलन रहेको एक सचिवालय सदस्यले जानकारी दिए।

आफ्नो तर्फबाट सक्दो प्रयास गरिरहेको बताउन यहीबीच एमालेले माधव नेपाललाई राष्ट्रपतिको उम्मेदवार बनाएर पार्टी एकता गर्न सकिने प्रस्तावसमेत गर्‍यो। प्रचण्ड धेरै पर पुगिसकेको समयमा गरिएको यो प्रस्तावले निश्चित आकार ग्रहण गर्न सकेन। तर, एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालप्रति एमाले अध्यक्ष ओली बढी नै असहिष्णु रहेको कुरालाई चिर्ने प्रयास गरेको छ।

यहीबेला ग्रासरुट अभियान अन्तर्गत एमाले केन्द्रीय सदस्यहरु पालिकास्तरमा पुगिरहेका छन्। एमाले केन्द्रीय सदस्यहरुले वामपन्थी एकता एमालेले चाहेको र पुस १० कै सहमति अनुसार नेम्वाङ राष्ट्रपतिको उम्मेदवार रहेको तल्लो तहमा पुगेर बताउनेछन्। तर, माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष नेपाल वामपन्थीलाई छाडेर कांग्रेस नेतालाई राष्ट्रपति बनाउन लागिपरेको उनीहरुको दाबी हुनेछ। जसले यी दुई दलप्रति रहेको वामपन्थी भावनामा भाँजो हाल्न सकिने एमालेले बुझेको छ।

शनिबार बसेको एमाले सचिवालय बैठकले यिनै विविध पक्षमा लामो छलफल गरेर सरकारमै अडिने निर्णय लिएको हो। सरकारमै रहँदा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग संवाद् पनि पूरै टुट्दैन। राष्ट्रपतिको निर्वाचन हुन अझै १२ दिन बाँकी रहने भएकाले परिस्थिति फरक हुन सक्ने पनि एमालेका केही नेताहरुले देखेका छन्। 

गोप्य मतदान भएकाले नेम्वाङको व्यक्तित्वका कारणसमेत केही मत आउन सक्ने एमालेका एक नेता बताउँछन्। उनी भन्छन्, ‘हामी सांसदहरुमाझ वामपन्थी एकता कायम राख्ने वा टुटाउने तपाईंको हातमा छ भनेर जान्छौं।’

राप्रपा र रास्वपा नयाँ गठबन्धनमा मिसिएका छैनन्। एमाले अध्यक्ष ओलीले बालुवाटार पुगेका केही दल आफ्नो सम्पर्कमै रहेको बताएका छन्। चिया खान गएका सबैले भोट नदिने बताउँदै उनले भने, ‘हिजो बेलुका प्रधानमन्त्री कार्यालयमा केही दलका साथीहरुलाई बोलाइएको थियो। उहाँहरु हाम्रो सम्पर्कमै हुनुहुन्छ। कुराकानी भइरहेको छ।’

प्रकाशित मिति: शनिबार, फागुन १३, २०७९  १९:२५
  • #नेकपा_एमाले
  • #केपी_ओली

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
भोटेकोशी बाढीपीडितलाई राहत : ४ हजारभन्दा बढी परिवारले पाए ४५ हजार
साउदी अरबका प्रस्तावित राजदूत सुनारको नाम संसदीय सुनुवाइ समितिबाट अस्वीकृत
मलेसियाका लागि प्रस्तावित राजदूत खरेलकाे नाम अस्वीकृत
सम्बन्धित सामग्री
भोटेकोशी बाढीपीडितलाई राहत : ४ हजारभन्दा बढी परिवारले पाए ४५ हजार सरकारले विश्व खाद्य कार्यक्रम (डब्लुएफपी) को सहयोगमा प्रभावित परिवारलाई एकद्वार प्रणालीमार्फत राहत रकम वितरण गरेको हो। स्थानीय तहसँग... बुधबार, असोज २८, २०८३
साउदी अरबका प्रस्तावित राजदूत सुनारको नाम संसदीय सुनुवाइ समितिबाट अस्वीकृत जर्मनीबाट डिपोर्ट (निष्कासन) गरिएको विषयसहित नैतिक आचरण, योग्यता र कूटनीतिक अनुभवमाथि गम्भीर प्रश्न उठेपछि समितिले उनको नाम अनुमोदन... बुधबार, असोज २८, २०८३
मलेसियाका लागि प्रस्तावित राजदूत खरेलकाे नाम अस्वीकृत संघीय संसद्को संसदीय सुनुवाइ समितिबाट उनको नाम अनुमोदनका लागि अस्वीकृत भएको छ । बुधबार, असोज २८, २०८३
ताजा समाचारसबै
भोटेकोशी बाढीपीडितलाई राहत : ४ हजारभन्दा बढी परिवारले पाए ४५ हजार बुधबार, असोज २८, २०८३
साउदी अरबका प्रस्तावित राजदूत सुनारको नाम संसदीय सुनुवाइ समितिबाट अस्वीकृत बुधबार, असोज २८, २०८३
मलेसियाका लागि प्रस्तावित राजदूत खरेलकाे नाम अस्वीकृत बुधबार, असोज २८, २०८३
प्रधानमन्त्री बालेनकाे भारत भ्रमण तय बुधबार, असोज २८, २०८३
नेपालमा शंकास्पद रुपमा बसेका २४ दक्षिण कोरियाली नागरिक निष्काशित बुधबार, असोज २८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? मंगलबार, असोज २७, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... मंगलबार, असोज २७, २०८३
राष्ट्रपतिबाट दुई अध्यादेश जारी मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्