काठमाडौं- एभरेष्ट बैंक लिमिटेडले ललितपुर महानगरपालिका-३ को टौखेलमा वडासँगको संयुक्त साझेदारीमा सोलार बस स्टयान्ड निर्माण गरेको छ। संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त सोलार बस स्टयान्ड निर्माण गरेको छ। जसको हालै उद्घाटन गरिएको छ।
ललितपुर महानगरपालिका-३ का वडा अध्यक्ष सानु राज घिमिरे र एभरेष्ट बैंकका नायब प्रमुख कार्यकारी अधिकृत विजय कुमार शर्माले संयुक्त रुपमा उद्घाटन गरे।
कार्यक्रममा बैंकका नायब महाप्रबन्धक गौरव कुमारका साथै बजार तथा संस्थागत निक्षेप विभाग प्रमुख पुष्प राज उप्रेती, बैंकका टौखेल शाखाका शाखा प्रबन्धक प्रितम कमचार्य लगायतको उपस्थिति रहेको थियो।
बैंकका नायब प्रमुख कार्यकारी अधिकृत शर्माले नवनिर्मित सोलार बस स्टयान्डले टौखेलका स्थानीय बासिन्दालाई थप सहज हुनुका साथै टौखेल क्षेत्रलाई स्मार्ट सिटीको रुपमा विकसित गर्न उक्त बस स्टयान्डले थप मद्दत विश्वास व्यक्त गरे।
पंजाब नेशनल बैंक भारतसँग संयुक्त साझेदार रहेको बैंकमा हालसम्म करिब १३ लाख भन्दा बढी ग्राहक छन्।
देशैभरी छरिएर रहेका आफ्ना १२४ शाखा सञ्जाल, ३ एक्सटेन्सन काउण्टर, ७ प्रादेशिक कार्यालय, १६० एटीएमसहित विश्वव्यापी नेटवर्कबाट अत्याधुनिक मोबाइल, इन्टरनेट र एसएमसए बैकिंङ सुविधा प्रदान गर्दै आइरहेको बैंकले जनाएको छ।
बैंकले नेपाल सरकारको राजस्व संकलनका लागि ३२ वटा संकलन केन्द्रबाट समेत सेवा दिँदै आइरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।