नयाँ दिल्ली (एजेन्सी)– दक्षिण भारतकी चर्चित अभिनेत्री सामन्था रुथ प्रभुले हिन्दु परम्पराअनुसार विवाह गरेको भोलि पल्ट तेलुगु फिल्मका सुपरस्टार नागार्जुन अक्किनेनीका स्टार छोरा नागा चैतन्यसँग क्रिश्चियन परम्पराबाट पनि बिहे गरेकी छिन्।
शनिबार यो जोडीले हिन्दु परम्पराअनुसार विवाह गरेको थियो। आइतबार उनीहरुले गोवामा फेरि क्रिश्चियन परम्पराअनुसार विवाह गरेका छन्। हिन्दु परम्पराअनुसार बिहे गर्दा सामन्था रातो साडीमा सजिएकी थिइन्। आइतबार उनी क्रिश्चियन लुक्समा विवाहको गाउनमा देखिइन्। तस्बिरमा सामन्था डिजाइनर कृषा बजाजको हल्का पर्पल रंगको गाउनमा निकै राम्री देखिएकी थिइन्। चैतन्यले कालो टक्सेडो लगाएका थिए। एकदिन अघि हिन्दु परम्पराअनुसार विवाह गर्दा उनले सेतो सलवार कमिज लगाएका थिए।
सामन्था र चैतन्यको प्रेम ७ वर्ष पुरानो हो। ‘ये माया चेसवे’ मा काम गर्ने बेला दुबैको प्रेम सम्बन्ध बनेको हो। यी दुबै दक्षिण भारतको व्यस्त कलाकारमा पर्छन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।