• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, माघ ५, २०८२ Mon, Jan 19, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

स्ववियु निर्वाचन: पुरानो गठबन्धन फर्काउन कांग्रेस, माओवादी र एस निकट विद्यार्थी संगठनबीच तालमेलको तयारी

64x64
भूपेन्द्र शाह ठकुरी बिहीबार, फागुन ११, २०७९  १६:४०
1140x725

काठमाडौँ- आगामी चैत ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियन(स्ववियु) निर्वाचनमा तीन वटा विद्यार्थी संगठनबीच तालमेल गर्ने तयारी भएको छ।

नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघ, माओवादी केन्द्र निकट अनेरास्ववियु (क्रान्तिकारी) र नेकपा एकीकृत समाजवादी निकट अनेरास्ववियुले तीन सदस्यीय कार्यदल बनाएर तालमेलका लागि छलफल अगाडि बढाएका छन्।

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गरेपछि प्रतिगमनविरुद्ध भन्दै एक ठाउँमा उभिएका दलसम्बद्ध विद्यार्थी संगठनले आफ्ना माउ पार्टीलाई पुरानै अवस्थामा फर्काउने दबाबस्वरुप स्ववियु निर्वाचनमा तालमेल गर्ने रणनीति अघि बढाएका हुन्।

तीन वटा विद्यार्थी सङ्गठनबाट एक/एक जना गरी तीन जनाको कार्यदल बनेको छ। कार्यदलमा नेपाल विद्यार्थी संघका तर्फबाट केन्द्रीय नेता दिनेशकुमार शाही, अनेरास्ववियु क्रान्तिकारीका तर्फबाट उपाध्यक्ष क्षितिज सापकोटा, एस निकट अनेरास्ववियुका तर्फबाट हिरेन्द्र शाही कार्यदलमा रहेका छन्। स्ववियु निर्वाचन सफल पार्न र जित हासिल गर्न कार्यदलमा छलफल भएको नेविसंघ नेता शाहीले बताए। एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुलाई पराजित गर्ने उद्देश्यसहित स्ववियु निर्वाचनमा तीनै विद्यार्थी संगठन एक भएर जाने शाहीले बताए।

पुरानो गठबन्धनलाई एक ठाउँमा ल्याउँछौं: शेर्पा
नेपाल विद्यार्थी संघका केन्द्रीय अध्यक्ष डुजाङ शेर्पाले पुरानो गठबन्धन दलहरुलाई एक ठाउँमा ल्याउने उद्देश्यसहित विद्यार्थी संगठनहरूबीच तालमेलको कुरा अगाडि बढाएको बताए। उनले भने, ‘हाम्रो पुरानो गठबन्धन छ। स्ववियु निर्वाचनमा समेत तालमेल गरौँ भनेर छलफल चलाएका छौँ। हामी परिवर्तनकारी विद्यार्थी शक्तिहरूबीच संविधान र लोकतान्त्रिक गणतन्त्रको रक्षाका निम्ति साझा बुझाइ बनाएर जाउँ भनेर कार्यदल बनाएका हौँ।’ उनले स्ववियु  निर्वाचनलाई सफल पार्न हिजोका परिवर्तनका पक्षधर विद्यार्थी संगठनबीच तालमेल गर्न लागिएको दावी गरे।

'कार्यदलले संसद् विघटनपश्चात् बनेको गठबन्धन दलका विद्यार्थी संगठनहरूबीच छलफल जारी छ,’ उनले भने, ‘कतिपय कुराहरू केन्द्रबाट र कतिपय कुराहरू तल्लो तहबाट जिल्ला र प्रदेशलाई जिम्मा दिएर अघि बढ्छौँ।'

विद्यार्थी आन्दोलनको जग बलियो पार्छौं: पराजुली
एकीकृत समाजवादी निकट अनेरास्ववियुका अध्यक्ष सुदेश पराजुलीले विद्यार्थी आन्दोलनबाट प्राप्त उपलब्धिलाई संस्थागत गर्न तीन वटा विद्यार्थी संगठनबीच तालमेलको विषय अगाडि बढाइएक बताए। उनले भने, ‘नेविसंघ, क्रान्तिकारी र अनेरास्ववियुबी सहकार्यको तयारी भएको छ। यस सहकार्यलाई स्थानीय तहदेखि जिल्ला, प्रदेश र केन्द्रका विभिन्न क्याम्पससम्म लैजान्छौं। सहमतिको आधारमा स्ववियु निर्वाचन सम्पन्न गर्न, विद्यार्थी आन्दोलनको जगलाई बलियो पार्न र विद्यार्थीमा नयाँ उत्साह ल्याउने उद्देश्यका साथ कार्यदल बनाएका हौँ।’

संयुक्त विद्यार्थी आन्दोलनका उपलब्धि गुम्न नदिन एकै ठाउँमा उभिनुको विकल्प नभएको उनको भनाइ छ। उनले शिक्षामा भएको व्यापारीकरणका विरुद्ध लड्न संयुक्त विद्यार्थी आन्दोलन आवश्यक भएको औँल्याए।

Ncell 2
Ncell 2

स्ववियुलाई सफल पार्न एक ठाउँमा आएका हौं: एमसी
अनेरास्ववियु क्रान्तिकारीका प्रवक्ता मिलन एमसीले स्ववियु निर्वाचन सफलतापूर्वक सम्पन्न पार्ने उद्देश्यसहित छलफल भइरहेको दावी गरे। उनले भने, ‘नेविसंघ, अनेरास्ववियु र क्रान्तिकारीले एक ठाउँमा रहेर निर्वाचनमा होमिँदा एकताको सन्देश जान्छ। मिल्न सक्ने ठाउँमा मिलेर जानुपर्छ,’ उनले भने, ‘नमिलेको ठाउँमा प्रतिस्पर्धा गरेर जानुपर्छ। त्यही अनुसार साथीहरूबीच छलफल भइरहेको छ।’ 

उनले विद्यार्थीको चुनावी गठबन्धन सरकारलाई हेरेरभन्दा पनि स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनलाई लक्षित गरी बनेको बताए। पार्टी सरकारमा हुँदा र नहुँदा पनि विद्यार्थीहरूको अजेण्डामा केन्द्रित रहेको उनको दावी छ।

त्यसैगरी अखिल क्रान्तिकारीका उपाध्यक्ष एवं कार्यदलका सदस्य क्षितिज सापकोटाले भने, ‘कार्यदलमा एक/दुई पटक छलफल भइसकेको छ। स्ववियुमा मिलेर जाने सहमति भइसकेको छ। निचोडमा भने पुग्न सकेका छैनौँ।’

नेता सापकोटाले प्रतिगमन, एमसीसी र शैक्षिक माफिया विरुद्ध सडकमा सँगै रहेर दल तथा विद्यार्थी संगठनहरूले आन्दोलन गरेकाले आगामी दिनमा पनि त्यसलाई निरन्तरता दिन तालमेल गर्न लागेको बताए।

तालमेलको विरोध
स्ववियु निर्वाचनमा तीन विद्यार्थी संगठनबीच तालमेलको छलफल भइरहँदा कतिपय  विद्यार्थीले भने त्यसको विरोध गरेका छन्। त्रिवि नेविसंघका पूर्वसचिव योगेन्द्र रावलले तालमेलको विरोध गर्दै सामाजिक सञ्जालमा लेखेका छन्, ‘नेविसंघ भित्र संगठन नगर्ने अनि स्ववियु निर्वाचनमा गठबन्धन गर्ने रे? के खाएर आउँछ हो यस्तो बुद्धि? स्ववियु निर्वाचनमा कथित गठबन्धन हुनै सक्दैन, गर्नु हुँदैन।’

विद्यार्थी नेता रवीन्द्र विक्रम शाहले पनि आफ्नै टिमलाई व्यवस्थापन गर्न कठिन भइरहँदा तालमेल गरेर जाने कुरा नाटक भएको बताएका छन्। 

प्रकाशित मिति: बिहीबार, फागुन ११, २०७९  १६:४०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
भूपेन्द्र शाह ठकुरी
भूपेन्द्र शाह ठकुरी नेपाल लाइभका वरिष्ठ संवाददाता हुन्।
लेखकबाट थप
विद्यालय शिक्षा विधेयकमाथि सांसदका प्रश्नै प्रश्न
भारतले किन बुझ्न मान्दैन ईपीजी प्रतिवेदन?
सरकारसँग किन बढ्दैछ कांग्रेसको असन्तुष्टि?
सम्बन्धित सामग्री
जसपाबाट टिकट नपाएपछि पूर्वमन्त्री यादव एमाले प्रवेश एमाले अध्यक्ष केपी शर्मा ओलीले यादवलाई खादा लगाइदिँदै पार्टीमा स्वागत गरेका थिए । यादवसँगै वीरगन्जका मेयर राजेशमान सिंह सहितका कार्य... सोमबार, माघ ५, २०८२
जानकी मन्दिरको आरतीमा पुगे बालेन र अमरेश, लहानको शहीद पार्कमा बिहान ८ बजे पुग्दै मन्दिरमा नियमित हुने बिहानी आरतीमा सहभागी हुन बालेन त्यहाँ पुगेका हुन्। सोमबार, माघ ५, २०८२
काठमाडौँका ६ निर्वाचन क्षेत्रमा राप्रपाले टुंग्यायो उम्मेदवार राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले फागुन २१ को प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौँका १० मध्ये ६ वटा निर्वाचन क्षेत्रमा आफ्न... आइतबार, माघ ४, २०८२
ताजा समाचारसबै
जसपाबाट टिकट नपाएपछि पूर्वमन्त्री यादव एमाले प्रवेश सोमबार, माघ ५, २०८२
जानकी मन्दिरको आरतीमा पुगे बालेन र अमरेश, लहानको शहीद पार्कमा बिहान ८ बजे पुग्दै सोमबार, माघ ५, २०८२
आज सोनाम ल्होसार, विविध कार्यक्रम गरी मनाइँदै सोमबार, माघ ५, २०८२
काठमाडौँका ६ निर्वाचन क्षेत्रमा राप्रपाले टुंग्यायो उम्मेदवार आइतबार, माघ ४, २०८२
स्वागत नेपाल राप्रपा प्रवेश, झापा-२ बाट चुनाव लड्ने आइतबार, माघ ४, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
टिकट नपाएपछि विष्णु रिजालको असन्तुष्टि: ‘मालपानीका लागि हात नपसार्नु मेरो कमजोरी’ आइतबार, माघ ४, २०८२
बालेनले राजीनामा नदिने आइतबार, माघ ४, २०८२
कांग्रेस विवादमा सर्वोच्चले दिने फैसला मान्य हुन्छ, टिकट पाउनेलाई जिताउन लाग्छु : शेखर कोइराला आइतबार, माघ ४, २०८२
मंगलबारको मनोनयन सार्नुपर्छ भन्दै आयोग पुग्यो देउवा समूह आइतबार, माघ ४, २०८२
उम्मेदवारी मनोनयन दर्ताको समय एक साता सार्ने आयोगको तयारी आइतबार, माघ ४, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
टिकट नपाएपछि विष्णु रिजालको असन्तुष्टि: ‘मालपानीका लागि हात नपसार्नु मेरो कमजोरी’ आइतबार, माघ ४, २०८२
कांग्रेसको विशेष महाधिवेशन : महामन्त्रीमा पौडेल र घिमिरे चयन बुधबार, पुस ३०, २०८२
सुदूरपश्चिमका अधिकांश जिल्लामा टुङ्गायो नेकपाले उम्मेदवार, यी हुन् नाम शनिबार, माघ ३, २०८२
निर्वाचन आयोगले दियो गगन थापा नेतृत्वको कांग्रेसलाई आधिकारिकता शुक्रबार, माघ २, २०८२
गगन-विश्वसँग संवाद गर्न तयार भए देउवा सोमबार, पुस २८, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्