• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज २८, २०८३ Wed, Oct 14, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

स्ववियु निर्वाचन: पुरानो गठबन्धन फर्काउन कांग्रेस, माओवादी र एस निकट विद्यार्थी संगठनबीच तालमेलको तयारी

64x64
भूपेन्द्र शाह ठकुरी बिहीबार, फागुन ११, २०७९  १६:४०
1140x725

काठमाडौँ- आगामी चैत ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियन(स्ववियु) निर्वाचनमा तीन वटा विद्यार्थी संगठनबीच तालमेल गर्ने तयारी भएको छ।

नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघ, माओवादी केन्द्र निकट अनेरास्ववियु (क्रान्तिकारी) र नेकपा एकीकृत समाजवादी निकट अनेरास्ववियुले तीन सदस्यीय कार्यदल बनाएर तालमेलका लागि छलफल अगाडि बढाएका छन्।

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गरेपछि प्रतिगमनविरुद्ध भन्दै एक ठाउँमा उभिएका दलसम्बद्ध विद्यार्थी संगठनले आफ्ना माउ पार्टीलाई पुरानै अवस्थामा फर्काउने दबाबस्वरुप स्ववियु निर्वाचनमा तालमेल गर्ने रणनीति अघि बढाएका हुन्।

तीन वटा विद्यार्थी सङ्गठनबाट एक/एक जना गरी तीन जनाको कार्यदल बनेको छ। कार्यदलमा नेपाल विद्यार्थी संघका तर्फबाट केन्द्रीय नेता दिनेशकुमार शाही, अनेरास्ववियु क्रान्तिकारीका तर्फबाट उपाध्यक्ष क्षितिज सापकोटा, एस निकट अनेरास्ववियुका तर्फबाट हिरेन्द्र शाही कार्यदलमा रहेका छन्। स्ववियु निर्वाचन सफल पार्न र जित हासिल गर्न कार्यदलमा छलफल भएको नेविसंघ नेता शाहीले बताए। एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुलाई पराजित गर्ने उद्देश्यसहित स्ववियु निर्वाचनमा तीनै विद्यार्थी संगठन एक भएर जाने शाहीले बताए।

पुरानो गठबन्धनलाई एक ठाउँमा ल्याउँछौं: शेर्पा
नेपाल विद्यार्थी संघका केन्द्रीय अध्यक्ष डुजाङ शेर्पाले पुरानो गठबन्धन दलहरुलाई एक ठाउँमा ल्याउने उद्देश्यसहित विद्यार्थी संगठनहरूबीच तालमेलको कुरा अगाडि बढाएको बताए। उनले भने, ‘हाम्रो पुरानो गठबन्धन छ। स्ववियु निर्वाचनमा समेत तालमेल गरौँ भनेर छलफल चलाएका छौँ। हामी परिवर्तनकारी विद्यार्थी शक्तिहरूबीच संविधान र लोकतान्त्रिक गणतन्त्रको रक्षाका निम्ति साझा बुझाइ बनाएर जाउँ भनेर कार्यदल बनाएका हौँ।’ उनले स्ववियु  निर्वाचनलाई सफल पार्न हिजोका परिवर्तनका पक्षधर विद्यार्थी संगठनबीच तालमेल गर्न लागिएको दावी गरे।

'कार्यदलले संसद् विघटनपश्चात् बनेको गठबन्धन दलका विद्यार्थी संगठनहरूबीच छलफल जारी छ,’ उनले भने, ‘कतिपय कुराहरू केन्द्रबाट र कतिपय कुराहरू तल्लो तहबाट जिल्ला र प्रदेशलाई जिम्मा दिएर अघि बढ्छौँ।'

विद्यार्थी आन्दोलनको जग बलियो पार्छौं: पराजुली
एकीकृत समाजवादी निकट अनेरास्ववियुका अध्यक्ष सुदेश पराजुलीले विद्यार्थी आन्दोलनबाट प्राप्त उपलब्धिलाई संस्थागत गर्न तीन वटा विद्यार्थी संगठनबीच तालमेलको विषय अगाडि बढाइएक बताए। उनले भने, ‘नेविसंघ, क्रान्तिकारी र अनेरास्ववियुबी सहकार्यको तयारी भएको छ। यस सहकार्यलाई स्थानीय तहदेखि जिल्ला, प्रदेश र केन्द्रका विभिन्न क्याम्पससम्म लैजान्छौं। सहमतिको आधारमा स्ववियु निर्वाचन सम्पन्न गर्न, विद्यार्थी आन्दोलनको जगलाई बलियो पार्न र विद्यार्थीमा नयाँ उत्साह ल्याउने उद्देश्यका साथ कार्यदल बनाएका हौँ।’

संयुक्त विद्यार्थी आन्दोलनका उपलब्धि गुम्न नदिन एकै ठाउँमा उभिनुको विकल्प नभएको उनको भनाइ छ। उनले शिक्षामा भएको व्यापारीकरणका विरुद्ध लड्न संयुक्त विद्यार्थी आन्दोलन आवश्यक भएको औँल्याए।

Ncell 2
Ncell 2
nimb
nimb

स्ववियुलाई सफल पार्न एक ठाउँमा आएका हौं: एमसी
अनेरास्ववियु क्रान्तिकारीका प्रवक्ता मिलन एमसीले स्ववियु निर्वाचन सफलतापूर्वक सम्पन्न पार्ने उद्देश्यसहित छलफल भइरहेको दावी गरे। उनले भने, ‘नेविसंघ, अनेरास्ववियु र क्रान्तिकारीले एक ठाउँमा रहेर निर्वाचनमा होमिँदा एकताको सन्देश जान्छ। मिल्न सक्ने ठाउँमा मिलेर जानुपर्छ,’ उनले भने, ‘नमिलेको ठाउँमा प्रतिस्पर्धा गरेर जानुपर्छ। त्यही अनुसार साथीहरूबीच छलफल भइरहेको छ।’ 

उनले विद्यार्थीको चुनावी गठबन्धन सरकारलाई हेरेरभन्दा पनि स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनलाई लक्षित गरी बनेको बताए। पार्टी सरकारमा हुँदा र नहुँदा पनि विद्यार्थीहरूको अजेण्डामा केन्द्रित रहेको उनको दावी छ।

त्यसैगरी अखिल क्रान्तिकारीका उपाध्यक्ष एवं कार्यदलका सदस्य क्षितिज सापकोटाले भने, ‘कार्यदलमा एक/दुई पटक छलफल भइसकेको छ। स्ववियुमा मिलेर जाने सहमति भइसकेको छ। निचोडमा भने पुग्न सकेका छैनौँ।’

नेता सापकोटाले प्रतिगमन, एमसीसी र शैक्षिक माफिया विरुद्ध सडकमा सँगै रहेर दल तथा विद्यार्थी संगठनहरूले आन्दोलन गरेकाले आगामी दिनमा पनि त्यसलाई निरन्तरता दिन तालमेल गर्न लागेको बताए।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

तालमेलको विरोध
स्ववियु निर्वाचनमा तीन विद्यार्थी संगठनबीच तालमेलको छलफल भइरहँदा कतिपय  विद्यार्थीले भने त्यसको विरोध गरेका छन्। त्रिवि नेविसंघका पूर्वसचिव योगेन्द्र रावलले तालमेलको विरोध गर्दै सामाजिक सञ्जालमा लेखेका छन्, ‘नेविसंघ भित्र संगठन नगर्ने अनि स्ववियु निर्वाचनमा गठबन्धन गर्ने रे? के खाएर आउँछ हो यस्तो बुद्धि? स्ववियु निर्वाचनमा कथित गठबन्धन हुनै सक्दैन, गर्नु हुँदैन।’

विद्यार्थी नेता रवीन्द्र विक्रम शाहले पनि आफ्नै टिमलाई व्यवस्थापन गर्न कठिन भइरहँदा तालमेल गरेर जाने कुरा नाटक भएको बताएका छन्। 

प्रकाशित मिति: बिहीबार, फागुन ११, २०७९  १६:४०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
भूपेन्द्र शाह ठकुरी
भूपेन्द्र शाह ठकुरी नेपाल लाइभका वरिष्ठ संवाददाता हुन्।
लेखकबाट थप
विद्यालय शिक्षा विधेयकमाथि सांसदका प्रश्नै प्रश्न
भारतले किन बुझ्न मान्दैन ईपीजी प्रतिवेदन?
सरकारसँग किन बढ्दैछ कांग्रेसको असन्तुष्टि?
सम्बन्धित सामग्री
गृहमन्त्री गुरुङ र भारतीय समकक्षीबिच भेटवार्ता भारतमा सम्पन्न पहिलो बिमस्टेक गृहमन्त्रीस्तरीय बैठकमा सहभागी हुन दिल्ली पुगेका गृहमन्त्री गुरुङले मंगलबार शाहसँग भेटवार्ता गरेका भार... मंगलबार, असोज २७, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... खुलातर्फ १५ जना निर्वाचित हुनु पर्नेमा एक जनाले विजेताको मत पाए पनि अदालतमा मुद्धा परेकाले अहिलेलाई निर्वाचित नगरी यथास्थितिमा राखिन... मंगलबार, असोज २७, २०८३
कांग्रेस महिला सहमहामन्त्रीमा  प्रतिमा निर्वाचित महिलातर्फको एक सहमहामन्त्री पदका लागि भएको निर्वाचनमा गौतमले ५ हजार ११६ मत प्राप्त गर्दै विजयी भएकी हुन् । उनकी प्रतिस्पर्धी नानू बा... मंगलबार, असोज २७, २०८३
ताजा समाचारसबै
बडादसैँको चौथो दिन आज कुष्माण्डा देवीको पूजा गरिँदै बुधबार, असोज २८, २०८३
हिमाली र पहाडी क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना बुधबार, असोज २८, २०८३
आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर बुधबार, असोज २८, २०८३
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? मंगलबार, असोज २७, २०८३
गृहमन्त्री गुरुङ र भारतीय समकक्षीबिच भेटवार्ता मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? मंगलबार, असोज २७, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... मंगलबार, असोज २७, २०८३
राष्ट्रपतिबाट दुई अध्यादेश जारी मंगलबार, असोज २७, २०८३
लिग -२ मा नेपालको दोस्रो जित , ओमान ११३ रनले पराजित मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन सोमबार, असोज २६, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्