• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज २७, २०८३ Tue, Oct 13, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

सांसद भएकै कारण छुटे अरुण, सोही मुद्दाका दुई जना छुटेनन्

64x64
शेरबहादुर ऐर सोमबार, फागुन ८, २०७९  १९:०६
1140x725

धनगढी– नागरिक उन्मुक्तिबाट निर्वाचित प्रतिनिधि सभा सदस्य अरुणकुमार चौधरी आइतबार कैलाली कारागारबाट मुक्त भए । ट्याक्टर जलाएको घटनामा अदालतले दोषी ठहर गरेका चौधरीलाई असल चालचलनका आधारमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रजातन्त्र दिवसको अवसरमा कारागारमुक्त गर्ने निर्णय बमोजिम कैद माफ गरिएको हो । 

सोही मुद्दामा थुनामा रहेका वीरबहादुर चौधरी र परशुराम चौधरी भने रिहा भएनन्। सांसद भएकै कारण अरुणलाई माफी दिइएको सन्देश सो घटनाले दिएको छ । २०६६ भदौ ३ मा ट्याक्टर जलाएको भन्दै २०७० वैशाख ९ गते कैलाली जिल्ला अदालतले अरुण चौधरीसहित ३ जनाविरुद्ध जनही ६ महिना कैद र ८ लाख १८ हजार ४२३ रुपैयाँ पीडितलाई उपलब्ध गराउने फैसला गरेको थियो । ६ महिना कैद भुक्तान नगरेको भन्दै चौधरीलाई प्रहरीले माघ १९ गते बाँकेबाट पक्राउ गरेको थियो ।

दसैँ, नयाँ वर्ष, लोकतन्त्र अनि गणतन्त्र दिवस जस्तो अवसरमा अपराध पुष्टि भएर कैद सजाय भोगिरहेका कैदीहरूमध्ये निश्चित सर्त पालना गरेकाहरूको बाँकी कैद मिनाहा गर्न सक्ने कानुनी अधिकार सरकारलाई छ । यस पटक माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारलाई नागरिक उन्मुक्तिले दिएको समर्थन कायम गराउने स्वार्थमा आगजनीका दोषीको कैद माफ गराए ।

‘दिवसको अवसरमा कैद भोगिरहेका व्यक्तिलाई असल चालचलनका आधारमा माफी दिनु सरकारको नियमित प्रक्रिया नै हो,’ नेपाल बार एसोसिएसन कैलालीका अध्यक्ष शिद्धराज ओझाले भने, ‘तर, सोही मुद्दामा पक्राउ परेका अन्य व्यक्तिको कैद माफ नहुनुले सरकारप्रति नकारात्मक सन्देश प्रवाह परेको छ।’

उनले कैद माफ गराउन पनि पदमै जानुपर्ने गलत सन्देश यो प्रवृत्तिले दिएको बताए । ओझाले भने, ‘एकै प्रवृत्ति र एउटै मुद्दामा एउटाको माफी मिनाहा गर्नु र अरुले चाहिँ कारागारमै बस्नु पर्ने कुरा न्यायसंगत देखिएन।’ उनले सरकारको यो निर्णय त्यति ठूलो विवादित नभए पनि जनतामा न्याय पाउन पनि पदमा पुग्नुपर्ने सन्देश प्रवाह गरेको बताए ।

Ncell 2
Ncell 2
nimb
nimb

थारु कल्याणकारिणी सभाका कार्यवाहक सभापति माधव चौधरीले सांसद अरुण चौधरीलाई हिरासतमुक्त बनाउनुलाई सरकारको राम्रो पक्ष भए पनि अन्य दुई जनाको पक्षमा सरकारले केही निर्णय नगरेकोप्रति खेद प्रकट गरे । उनले सांसद नभएकै कारण दुई जनाको बारेमा सरकारले फाइल अघि नबढाउनुमा पहुँचका आधारमा कार्य भएको देखिएको बताए ।  

‘नेपालको कानुन दैवले जानून् भनेझै समस्या के भयो भने ठूलाबडाको मात्र कानुन हुने देखियो,’ उनले भने, ‘त्यही मुद्दामा भएको अन्य मान्छेले माफी पाएनन्। अरुण सांसद भएकै कारण माफी दिइयो । यदि माफी गर्नु नै थियो भने तीनै जनालाई गर्नु उचित हुन्थ्यो ।’ उनले नागरिक उन्मुक्ति पार्टी सत्ता पक्षमा रहेकाले अरुणलाई माफी गराइ कारागारमुक्त गराउनु स्वभाविक देखिएको बताए ।

पत्रकार एकिन्द्र तिमिल्सेनाले राजनीतिमा लागेकालाई सरकारले दोषी ठहर भएका अरुणलाई माफी अन्यका विषयमा नबोल्दा गलत नजिर स्थापना भएको बताए । उनले गल्ती अनुसारको सजाय हुनुपर्ने बताए ।

max tiger cn
max tiger cn
tvs-dashain-2083
tvs-dashain-2083

थुनामा रहेका वीर र परशुराम प्रतिनिधि सभा सदस्य अरुणका नातेदार हुन् । आठ लाख जरिवाना बुझाएका अरुणलाई कारागारबाट बाहिर ल्याउन नागरिक उन्मुक्तिकी अध्यक्ष रञ्जिता श्रेष्ठ स्वय्र पुगेकी थिइन् । तर अध्यक्ष श्रेष्ठले पनि सोही अपराधमा पक्राउ परेका दुई जनाबारे कुनै प्रतिक्रिया दिइनन् ।

कारागारमुक्तका क्रममा अरुणले पनि सो बारेमा कुनै प्रतिक्रिया दिएनन् । सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले भने, ‘१८ दिनको कारागार बसाइले धेरै कुरा सिकाएको छ । हामीले कानुनमा धेरै कुरा परिमार्जन र संशोधन गर्नुपर्नेछ । जब २०७० सालमा कैलाली जिल्ला अदालतले फैसला गरिसकेको थियो भने त्यतिखेरै जानकारी पाउनुपथ्र्यो । तीन पटक चुनाव लडिसकेको छु । त्यतिखेरको अवस्थामा पनि म सफाइको लागि दावी पेस गर्न सक्थें । उच्च अदालतमा पनि जान सक्थें । मैले त्यो मौका नै पाइनँ । जानकारी नै पाइनँ ।’

प्रकाशित मिति: सोमबार, फागुन ८, २०७९  १९:०६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
शेरबहादुर ऐर
शेरबहादुर नेपाललाइभका संवाददाता हुन्
लेखकबाट थप
अदालतमै चलिरहेको रिटको बेवास्ता गर्दै धनगढीमा जग्गासम्बन्धी कार्यविधि लागू
धनगढीको सरकारी गाडी चेकजाँचका क्रममा रोक्दा नगर प्रमुख हमालको प्रहरीमाथि आक्रोश– ‘कैलाली जिल्ला प्रहरी?’
स्थानीय तहमा जथाभावी नदिजन्य पदार्थ उत्खनन बढ्दो
सम्बन्धित सामग्री
संसदीय सुनुवाइमा नेपाली भाषामा बोल्न सभापतिको रूलिङ समिति बैठकको सुरुमै समिति सभापति बोधनारायण श्रेष्ठले सकेसम्म नेपाली भासामा बोल्न रुलिङ गरेका छन् । मंगलबार, असोज २७, २०८३
प्रदेशको खुट्टा बाँधेर दोष मात्रै लगाइन्छ : मुख्यमन्त्री पाण्डे विराटनगरमा आयोजित मुख्यमन्त्री सम्मेलनमा बोल्दै मुख्यमन्त्री पाण्डेले यस्तो बताएका हुन्। मंगलबार, असोज २७, २०८३
विराटनगरमा अन्तर प्रदेश मुख्यमन्त्री सम्मेलन सुरु, माउस थिचेर संयुक्त उद्घाटन कोशी प्रदेश सरकारको आयोजनामा भएको दुईदिने अन्तरप्रदेश समन्वय तथा अनुभव आदानप्रदान सम्मेलनको मंगलबार बिहान मुख्यमन्त्रीहरूले संयुक्त... मंगलबार, असोज २७, २०८३
ताजा समाचारसबै
विवादित अडियोपछि सुनारको प्रतिक्रिया : छानबिनमा सघाउँछु, अडियो बनावटी हो मंगलबार, असोज २७, २०८३
संसदीय सुनुवाइमा नेपाली भाषामा बोल्न सभापतिको रूलिङ मंगलबार, असोज २७, २०८३
प्रदेशको खुट्टा बाँधेर दोष मात्रै लगाइन्छ : मुख्यमन्त्री पाण्डे मंगलबार, असोज २७, २०८३
विराटनगरमा अन्तर प्रदेश मुख्यमन्त्री सम्मेलन सुरु, माउस थिचेर संयुक्त उद्घाटन मंगलबार, असोज २७, २०८३
उखु किसानको खातामै सिधै अनुदान, नयाँ कार्यविधि जारी मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन सोमबार, असोज २६, २०८३
नेपाल कानुन आयोग संशोधन विधेयकमा परेका २३ वटै संशोधन प्रस्ताव सभामुखद्वारा अस्वीकृत सोमबार, असोज २६, २०८३
पूर्वसांसद डा. विजय पौडेलको निधन सोमबार, असोज २६, २०८३
काग्रे‌स महाधिवेशनस्थलवाट पक्राउ परेकी विनिता खड्कालाई थुनामुक्त गर्न अदालतको आदेश सोमबार, असोज २६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन सोमबार, असोज २६, २०८३
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्