• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, माघ २, २०८२ Fri, Jan 16, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

सांसद भएकै कारण छुटे अरुण, सोही मुद्दाका दुई जना छुटेनन्

64x64
शेरबहादुर ऐर सोमबार, फागुन ८, २०७९  १९:०६
1140x725

धनगढी– नागरिक उन्मुक्तिबाट निर्वाचित प्रतिनिधि सभा सदस्य अरुणकुमार चौधरी आइतबार कैलाली कारागारबाट मुक्त भए । ट्याक्टर जलाएको घटनामा अदालतले दोषी ठहर गरेका चौधरीलाई असल चालचलनका आधारमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रजातन्त्र दिवसको अवसरमा कारागारमुक्त गर्ने निर्णय बमोजिम कैद माफ गरिएको हो । 

सोही मुद्दामा थुनामा रहेका वीरबहादुर चौधरी र परशुराम चौधरी भने रिहा भएनन्। सांसद भएकै कारण अरुणलाई माफी दिइएको सन्देश सो घटनाले दिएको छ । २०६६ भदौ ३ मा ट्याक्टर जलाएको भन्दै २०७० वैशाख ९ गते कैलाली जिल्ला अदालतले अरुण चौधरीसहित ३ जनाविरुद्ध जनही ६ महिना कैद र ८ लाख १८ हजार ४२३ रुपैयाँ पीडितलाई उपलब्ध गराउने फैसला गरेको थियो । ६ महिना कैद भुक्तान नगरेको भन्दै चौधरीलाई प्रहरीले माघ १९ गते बाँकेबाट पक्राउ गरेको थियो ।

दसैँ, नयाँ वर्ष, लोकतन्त्र अनि गणतन्त्र दिवस जस्तो अवसरमा अपराध पुष्टि भएर कैद सजाय भोगिरहेका कैदीहरूमध्ये निश्चित सर्त पालना गरेकाहरूको बाँकी कैद मिनाहा गर्न सक्ने कानुनी अधिकार सरकारलाई छ । यस पटक माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारलाई नागरिक उन्मुक्तिले दिएको समर्थन कायम गराउने स्वार्थमा आगजनीका दोषीको कैद माफ गराए ।

‘दिवसको अवसरमा कैद भोगिरहेका व्यक्तिलाई असल चालचलनका आधारमा माफी दिनु सरकारको नियमित प्रक्रिया नै हो,’ नेपाल बार एसोसिएसन कैलालीका अध्यक्ष शिद्धराज ओझाले भने, ‘तर, सोही मुद्दामा पक्राउ परेका अन्य व्यक्तिको कैद माफ नहुनुले सरकारप्रति नकारात्मक सन्देश प्रवाह परेको छ।’

उनले कैद माफ गराउन पनि पदमै जानुपर्ने गलत सन्देश यो प्रवृत्तिले दिएको बताए । ओझाले भने, ‘एकै प्रवृत्ति र एउटै मुद्दामा एउटाको माफी मिनाहा गर्नु र अरुले चाहिँ कारागारमै बस्नु पर्ने कुरा न्यायसंगत देखिएन।’ उनले सरकारको यो निर्णय त्यति ठूलो विवादित नभए पनि जनतामा न्याय पाउन पनि पदमा पुग्नुपर्ने सन्देश प्रवाह गरेको बताए ।

Ncell 2
Ncell 2

थारु कल्याणकारिणी सभाका कार्यवाहक सभापति माधव चौधरीले सांसद अरुण चौधरीलाई हिरासतमुक्त बनाउनुलाई सरकारको राम्रो पक्ष भए पनि अन्य दुई जनाको पक्षमा सरकारले केही निर्णय नगरेकोप्रति खेद प्रकट गरे । उनले सांसद नभएकै कारण दुई जनाको बारेमा सरकारले फाइल अघि नबढाउनुमा पहुँचका आधारमा कार्य भएको देखिएको बताए ।  

‘नेपालको कानुन दैवले जानून् भनेझै समस्या के भयो भने ठूलाबडाको मात्र कानुन हुने देखियो,’ उनले भने, ‘त्यही मुद्दामा भएको अन्य मान्छेले माफी पाएनन्। अरुण सांसद भएकै कारण माफी दिइयो । यदि माफी गर्नु नै थियो भने तीनै जनालाई गर्नु उचित हुन्थ्यो ।’ उनले नागरिक उन्मुक्ति पार्टी सत्ता पक्षमा रहेकाले अरुणलाई माफी गराइ कारागारमुक्त गराउनु स्वभाविक देखिएको बताए ।

पत्रकार एकिन्द्र तिमिल्सेनाले राजनीतिमा लागेकालाई सरकारले दोषी ठहर भएका अरुणलाई माफी अन्यका विषयमा नबोल्दा गलत नजिर स्थापना भएको बताए । उनले गल्ती अनुसारको सजाय हुनुपर्ने बताए ।

थुनामा रहेका वीर र परशुराम प्रतिनिधि सभा सदस्य अरुणका नातेदार हुन् । आठ लाख जरिवाना बुझाएका अरुणलाई कारागारबाट बाहिर ल्याउन नागरिक उन्मुक्तिकी अध्यक्ष रञ्जिता श्रेष्ठ स्वय्र पुगेकी थिइन् । तर अध्यक्ष श्रेष्ठले पनि सोही अपराधमा पक्राउ परेका दुई जनाबारे कुनै प्रतिक्रिया दिइनन् ।

कारागारमुक्तका क्रममा अरुणले पनि सो बारेमा कुनै प्रतिक्रिया दिएनन् । सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले भने, ‘१८ दिनको कारागार बसाइले धेरै कुरा सिकाएको छ । हामीले कानुनमा धेरै कुरा परिमार्जन र संशोधन गर्नुपर्नेछ । जब २०७० सालमा कैलाली जिल्ला अदालतले फैसला गरिसकेको थियो भने त्यतिखेरै जानकारी पाउनुपथ्र्यो । तीन पटक चुनाव लडिसकेको छु । त्यतिखेरको अवस्थामा पनि म सफाइको लागि दावी पेस गर्न सक्थें । उच्च अदालतमा पनि जान सक्थें । मैले त्यो मौका नै पाइनँ । जानकारी नै पाइनँ ।’

प्रकाशित मिति: सोमबार, फागुन ८, २०७९  १९:०६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
शेरबहादुर ऐर
शेरबहादुर नेपाललाइभका संवाददाता हुन्
लेखकबाट थप
अदालतमै चलिरहेको रिटको बेवास्ता गर्दै धनगढीमा जग्गासम्बन्धी कार्यविधि लागू
धनगढीको सरकारी गाडी चेकजाँचका क्रममा रोक्दा नगर प्रमुख हमालको प्रहरीमाथि आक्रोश– ‘कैलाली जिल्ला प्रहरी?’
स्थानीय तहमा जथाभावी नदिजन्य पदार्थ उत्खनन बढ्दो
सम्बन्धित सामग्री
प्रमुख निर्वाचन आयुक्तले भने– कांग्रेस विवादमा विधिसम्मत निर्णय दिन्छौं नेपाली कांग्रेसको शेरबहादुर देउवा समूहका आयोगमा पुगेका नेताहरूसँग शुक्रबार प्रमुख निर्वाचन आयुक्त भण्डारीले आफूहरूले संविधान, ऐन, रा... शुक्रबार, माघ २, २०८२
आधिकारिकता दाबी गर्दै देउवा पक्षले निर्वाचन आयोगमा कागजात बुझायो यही सन्दर्भमा कार्यवाहक सभापति खड्का, नेताहरू विमलेन्द्र निधि, शशांक कोइराला, शेखर कोइराला, रमेश लेखक, डा. मिनेन्द्र रिजाल, एनपी साउ... शुक्रबार, माघ २, २०८२
देउवा पक्षका नेताहरू निर्वाचन आयोगमा शुक्रबार बिहानै देउवा पक्षका नेताहरू कान्तिपथस्थित आयोगको कार्यालय पुगेका हुन् । शुक्रबार, माघ २, २०८२
ताजा समाचारसबै
भेनेजुएलाकी कोरिना मचाडोले राष्ट्रपति ट्रम्पलाई दिइन् आफ्नो नोबेल शान्ति पुरस्कार शुक्रबार, माघ २, २०८२
क्यानडाका प्रधानमन्त्री कार्नी र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच भेटवार्ता शुक्रबार, माघ २, २०८२
नियमितको मिति तोकिएकै दिन विशेष महाधिवेशन मागको औचित्य समाप्त भएको थियो : खड्का शुक्रबार, माघ २, २०८२
प्रमुख निर्वाचन आयुक्तले भने– कांग्रेस विवादमा विधिसम्मत निर्णय दिन्छौं शुक्रबार, माघ २, २०८२
गोरखामा रास्वपा नेता परियारको गाडीमा तोडफोड शुक्रबार, माघ २, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
‘विप्लव’ र मिराज ढुंगानाबीच ४ बुँदे सहमति पत्रमा हस्ताक्षर बिहीबार, माघ १, २०८२
पेट्रोलियम पदार्थको मूल्य घट्यो शुक्रबार, माघ २, २०८२
उज्यालो नेपाल पार्टी र राष्ट्रिय परिवर्तन पार्टीबिच एकता बिहीबार, माघ १, २०८२
सभापति थापाले भने : ‘निर्वाचन आयोगले विशेष महाधिवेशनको निर्णयलाई अद्यावधिक गर्नेमा विश्वस्त छु’ बिहीबार, माघ १, २०८२
कांग्रेस कार्यवाहक सभापति खड्काले केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलन गर्दै शुक्रबार, माघ २, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
कांग्रेसको विशेष महाधिवेशन : महामन्त्रीमा पौडेल र घिमिरे चयन बुधबार, पुस ३०, २०८२
गगन-विश्वसँग संवाद गर्न तयार भए देउवा सोमबार, पुस २८, २०८२
इरानमा प्रदर्शन तीव्र, प्रदर्शनकारीमाथि गोली प्रहारको आदेश, संसदमा लाग्यो ‘डेथ टु अमेरिका’को नारा आइतबार, पुस २७, २०८२
शेखर नआउने भएपछि कांग्रेसको पत्रकार सम्मेलन स्थगित शुक्रबार, पुस २५, २०८२
वार्ता सकेर विशेष महाधिवेशन पक्षधरको मागको सूची बोकेर संस्थापन पक्षका टोली देउवा निवासमा मंगलबार, पुस २९, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्