• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, भदौ १८, २०८३ Thu, Sep 3, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

‘काम गर्छु’ भन्ने प्रधानमन्त्रीको प्रारम्भिक सक्रियता कतातिर छ?

64x64
किशोर दहाल सोमबार, फागुन ८, २०७९  २०:२४
1140x725

काठमाडौं– राष्ट्रिय योग दिवसको अवसरमा गत माघ १ गते भक्तपुरको सानो ठिमीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भनेका थिए- ‘मैले यसपटक प्रधानमन्त्रीको रुपमा जनता र राष्ट्रको पक्षमा राम्रा केही नयाँ काम सुरु गर्ने अठोटसहित सपथ ग्रहण गरेको छु।’

त्यसअघि, पुस १६ गते चितवनस्थित नारायणी नमुना माध्यमिक विद्यालयको हिरक महोत्सव समारोहमा सम्बोधन गर्दै उनले यो कार्यकालमा भाषण कम र काम धेरै गर्ने प्रतिज्ञा गरेको बताएका थिए। 'तपाईंहरुलाई थाहा छ, मैले बाँकी जीवन सुशासन र विकासका निम्ति समर्पित गर्ने भनेको छु। म अहिले धेरै भाषण गर्ने मनस्थितिमा छैन। यो कार्यकाल म भाषण कम र काम धेरै र जनताको सेवा धेरै गरेर प्रस्तुत हुने मैले प्रतिज्ञा गरेको छु', उनको भनाइ थियो।

यी र यस्ता पटकपटकको अभिव्यक्तिमार्फत प्रधानमन्त्री प्रचण्डले आफ्नो यो कार्यकाल काम गर्नकै लागि भएको बताउने गरेका छन्। उनको उमेर, पार्टीको घट्दो लोकप्रियता लगायतका कारणले उनी अर्कोपटक प्रधानमन्त्री बन्ने सम्भावना न्यून छ। त्यसमाथि दश वर्षे जनयुद्धको नेतृत्व गरेका कारण उनको छवि विध्वंसात्मक नेताको रुपमा छ। त्यसैले यो कार्यकालमा मुलुकको समृद्धिका खातिर पनि केही उल्लेखनीय काम गर्ने हुटहुटी उनमा हुनसक्छ। यस किसिमको सन्देश प्रवाह गर्ने अरु होइनन्, स्वयं प्रधानमन्त्री प्रचण्ड हुन्।

तर दाउपेचमा व्यस्त
प्रधानमन्त्री बनेको दुई महिनाको अवधिमा प्रचण्डले आफूलाई जुन कामहरुका निम्ति व्यस्त राखेका छन्, त्यसले उनमा हुनसक्ने त्यो हुटहुटीको पुष्टि गर्छ त? भन्ने प्रश्न यतिबेला उठेको छ। त्यसले सकारात्मक संकेत भने गर्दैन। किनकि, यसबीचमा उनी कुनै उल्लेखनीय कामका सन्दर्भमा प्रयत्न गरिरहेको देखिँदैन। बरु, उनले राष्ट्रपतिको निर्वाचनलाई केन्द्रमा राखेर राजनीतिक व्यवस्थापन र दाउपेच अपनाउँदै आएका छन्। राष्ट्रपतिमा प्रतिकूल नहुने राष्ट्रपतिको खोजीसँगै उनले आफू पाँचै वर्ष प्रधानमन्त्री बन्ने सुनिश्चितता खोजेको उनीसँग भेटघाट गरेका नेताहरुको प्रतिक्रिया छ। यसै सन्दर्भमा उनले कांग्रेस र एमालेसँग संवाद कायम राखेका छन्।

आइतबार साँझ मात्रै प्रधानमन्त्री प्रचण्डले कांग्रेस नेताहरुसँग भेट गरेका थिए। त्यसअघि पनि उनले कांग्रेसकै फरकफरक गुटका नेताहरुसँग निरन्तर संवाद गरिरहेका छन्। एमाले अध्यक्ष केपी शर्मा ओलीसँग पनि उनको नियमित भेट हुने गरेको छ।

कांग्रेसका नेताहरु प्रचण्डलाई पाँचै वर्ष प्रधानमन्त्रीको ‘अफर’ गरिसकेका छन्। एमाले भने भदौ १० को वस्तुगत स्थिति कायमै रहेको बताइरहेको छ। जबकि, प्रचण्ड र माओवादी केन्द्रका नेताहरु भने पुस २६ मा विश्वासको मत दिएका कारण परिस्थितिमा बदलाव आएको बताउँछन्। त्यसैले राष्ट्रपतिमा राष्ट्रिय सहमति खोज्नुपर्ने उनीहरुको तर्क छ। 

यो पनि पढ्नुहोस

 

योगेश भट्टराई भन्छन्- प्रधानमन्त्री आफू, राष्ट्रपति र सभामुख एमालेलाई भन्ने प्रचण्डकै प्रस्ताव हो

प्रधानमन्त्री प्रचण्डका प्रमुख राजनीतिक सल्लाहकार हरिबोल गजुरेल भन्छन्, ‘पहिलो संविधान सभाको कार्यकालमा राष्ट्रिय सहमतिको वातावरण तोडिँदा संविधान नै बनेन। २०७२ को भूकम्पपछि भएको सहमति अनुसार संविधान बनेको थियो। तर संविधान बनेपछि सहमति तोडियो र देशले दुःख पायो। अहिले राष्ट्रपतिको निर्वाचनले पुनः राष्ट्रिय सहमति गर्ने अवसर प्राप्त भएको छ। त्यसको सदुपयोग गरेनौँ भने हामी पुनः खिचातानीमा फस्छौँ।’

Ncell 2
Ncell 2
nimb
nimb

माओवादी केन्द्र पक्षको यस किसिमको तर्क सार्वजनिक भइरहँदा प्रचण्ड र ओलीबीचको भेटघाट समेत दाउपेचमै सीमित हुने गरेको छ। सार्वजनिक हुने गरेको फोटोहरुमा दुवैभित्र असन्तुष्टि रहेको तर राष्ट्रपतिको निर्वाचका कारण संयमित देखिनुपर्ने बाध्यतावश आफूभित्रको कटुता लुकाएको उनीहरुको ‘बडी ल्यांग्वेज’ ले देखाउँछ।

राष्ट्रपतिको निर्वाचनलाई लिएर प्रधानमन्त्रीको यस किसिमको व्यस्तता स्वाभाविक र आवश्यक काम नै भएको बताउँछन्, गजुरेल। ‘राष्ट्रपतिको निर्वाचन पनि हाम्रै काम हो। त्यसको निर्वाचन नजिकएको हुनाले त्यसलाई सल्टाउन लागिएको हो। त्यो आवश्यक र महत्त्वपूर्ण काम हो। त्यसलाई सरकारको कामभन्दा बाहिरको कामको रुपमा हेर्नु हुँदैन’, उनको भनाइ छ।

मन्त्रालयको भार
गत माघ १३ गते सर्वोच्च अदालतले नेपाली नागरिकता परित्याग गरी पुनःप्राप्तिको प्रक्रिया पूरा नगरेको भन्दै उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको सांसद पद खारेज गरिदियो। सँगसँगै उनले मन्त्री र पार्टी सभापति पद पनि गुमाए। लामिछानेले १५ गते नै प्रक्रिया पूरा गराएर नागरिकता त लिए। त्यसपछि उनले आफूलाई पुनः पुरानै पदमा बहाल गराउन प्रधानमन्त्री प्रचण्डमाथि दबाब बढाए। लामिछानेले मात्रै होइन, उनका लागि एमाले अध्यक्ष ओलीले समेत दबाब बढाए। तर, पदमा बहाल रहेका बेलामै लामिछानेको निर्णयहरु ओली-मैत्री देखिएका कारण झस्किएका प्रचण्डले उनलाई पुनः नियुक्ति दिएनन्।

लामिछानेलाई पुनः नियुक्त नगर्नका लागि प्रचण्डले उनी सो पदमा जाँदा स्वार्थ बाझिने तर्क अघि सारे। अलि पछि सर्वोच्चको फैसलाको पूर्णपाठ आउनुपर्ने बताए। त्यसबाट चिढिएका ओलीले ‘फैसलाको पूर्णपाठ किन चाहियो? कण्ठ गर्ने हो र?’ भन्दै सार्वजनिक रुपमै प्रतिवाद गरेका थिए। तर प्रचण्ड गलेनन्। परिणामतः लामिछाने नेतृत्वको पार्टीले नै सरकार छाड्यो। माघ २२ गते सो पार्टीका दुई मन्त्री र एक राज्यमन्त्रीले राजीनामा दिएका थिए। 

यो पनि पढ्नुहोस

रविको पक्षमा केपी ओली- फैसलाको पूर्णपाठ किन चाहियो? कण्ठ गर्ने हो र?

यो प्रकरणले निश्कर्ष नपाउञ्जेल प्रचण्डको सक्रियता र दाउपेच लामिछानेलाई सो पद नदिनेमै केन्द्रित रह्यो। ओली र लामिछानेसँगको भेटमा व्यस्त भए।

पुस १० मा प्रधानमन्त्री नियुक्त भएका प्रचण्डले भोलिपल्ट सपथ खाएसँगै सानो आकारको मन्त्रिपरिषद् गठन गरेका थिए। माघ ३ मा थप विस्तार गरे। त्यतिबेलै उनले वन तथा वातावरण र युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी लिएका थिए। लामिछानेको बहिर्गमनसँगै उनको भागमा गृह मन्त्रालय पनि रह्यो। राष्ट्रिय स्वतन्त्र पार्टीका मन्त्रीहरु पनि बाहिरिएपछि उनीहरुले सम्हाल्दै आएका मन्त्रालयको जिम्मेवारी पनि आफैंले लिएका छन्।  अहिले उनीसँग पाँच मन्त्रालयको जिम्मेवारी छ। जसले गर्दा ती मन्त्रालयको काममा प्रभाव पारेको भन्दै आलोचना भइरहेको छ। तर ती मन्त्रालय कसले पाउँछन्, कहिले पाउँछन् भन्ने कुनै टुंगो छैन।

तर मन्त्रिपरिषद्ले अब चाँडै पूर्णता पाउने गजुरेल दाबी गर्छन्। राष्ट्रिय स्वतन्त्र पार्टीसँगै कुराकानी भइरहेको भन्दै उनी राष्ट्रिय स्वतन्त्र पार्टी नै पुनः फर्किने सम्भावना रहेको बताउँछन्।
 

प्रकाशित मिति: सोमबार, फागुन ८, २०७९  २०:२४
  • #प्रचण्ड

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
किशोर दहाल
दहाल नेपाल लाइभको राजनीतिक ब्युरो प्रमुख हुन्।
लेखकबाट थप
अनि गणेशमानले कांग्रेस परित्याग गरे...
संघदेखि प्रदेशसम्म 'साना दल'को नेतृत्वमा सरकार!
‘कांग्रेसका नेता’ पुष्पलालले किन गठन गरे कम्युनिस्ट पार्टी?
सम्बन्धित सामग्री
बालेन अमेरिका जान लागेका हुन् ? अमेरिकाको न्युयोर्कमा हुन लागेको संयुक्त राष्ट्रसंघको ७९ औं महासभामा भाग लिनका लागि प्रधानमन्त्री शाह जान लागेको बताइएको छ । बिहीबार, भदौ १८, २०८३
कांग्रेस विवाद : संस्थापनलाई चुनौती दिँदै देउवा समूहले तोक्यो महाधिवेशनको मिति बिहीबार देउवा पक्षको भेलाले ९ बुँदे निर्णयअन्तर्गत १५औँ महाधिवेशन आगामी मंसिर २१, २२ र २३ गते काठमाडौंमा गर्ने निर्णय गरेको हो। बुधब... बिहीबार, भदौ १८, २०८३
भोटेकोशी बाढी : प्रधानमन्त्रीले सार्वजनिक गरे नवौं दिनको रिपोर्ट प्रधानमन्त्री बालेन्द्र शाहले बिहीबार साँझ भोटेकोशी बाढीपछिको नवौं दिनको रिपोर्ट सामाजिक सञ्जाल फेसबूकबाट सार्वजनिक गरेका छन् । बिहीबार, भदौ १८, २०८३
ताजा समाचारसबै
बालेन अमेरिका जान लागेका हुन् ? बिहीबार, भदौ १८, २०८३
विपद्‌मा परेका बालबालिकाको तस्बिर र भिडियो सार्वजनिक भएकोप्रति प्रहरीको सात बुँदे अनुरोध बिहीबार, भदौ १८, २०८३
बाढीपहिरोबाट ३ खर्ब ८७ अर्बको क्षेत्रगत क्षति, पुनःस्थापनाका लागि ७ अर्ब ९५ करोड आवश्यक बिहीबार, भदौ १८, २०८३
लिखतसम्बन्धी कसुरमा अध्यागमनका तत्कालीन कम्युटर अपरेटर पक्राउ बिहीबार, भदौ १८, २०८३
लक्ष्मी सनराइज बैंकद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३ करोड २४ लाख सहयोग बिहीबार, भदौ १८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
मुटुको शल्यक्रिया गर्ने औजारमा बदमासी गर्ने बायोमेड कालोसूचीमा बुधबार, भदौ १७, २०८३
दुई आईजीपीबीच किन भयो बोलचाल बन्द ? बिहीबार, भदौ १८, २०८३
तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित ४ जनाविरूद्ध भ्रष्टाचार मुद्दा दायर बिहीबार, भदौ १८, २०८३
सर्वोच्च अदालतको अभिलेख शाखामा आगलागी बिहीबार, भदौ १८, २०८३
मध्यरातमा सर्वोच्च अदालतको नयाँ भवनमा कसरी लाग्यो आगो ? बिहीबार, भदौ १८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः सरकारमाथि प्रश्नको बाढी शंकर भण्डारी
सरकार देखियो तर विपद् व्यवस्थापन किन देखिएन? कमल सापकोटा
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रारमा तीन उम्मेदवार : प्रतिष्ठानको भविष्यका लागि कसको नेतृत्व बढी उपयोगी ? नेपाल लाइभ
रसुवाको बाढीः वास्तविक पीडितसम्म अझै किन पुगेन सरकार? गोविन्द आचार्य
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडक बन्द, वैकल्पिक बाटोबाट इन्धन–ग्यास ढुवानी हुने आइतबार, भदौ १४, २०८३
काठमाडौंबाट बाहिरिने सवारीसाधनलाई तोकियो दुईवटा वैकल्पिक सडक आइतबार, भदौ १४, २०८३
तत्कालीन निमित्त कार्यालय प्रमुखसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर मंगलबार, भदौ १६, २०८३
बाढी पीडित राहत कोषमा एक लाख  जम्मा गर्न खोज्दा १० लाख गएपछि... बिहीबार, भदौ ११, २०८३
भोटेकोशी बाढी सम्बन्धी प्रधानमन्त्रीको हरेक पोष्टमा ५० प्रतिशत एआई कन्टेन्ट ? मंगलबार, भदौ १६, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्