• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असोज १२, २०८३ Mon, Sep 28, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

‘सुनाखरी’ कथा : जब नवीनले वृद्ध दम्पतीलाई फिल्मका पात्र बनाए

64x64
समर्पण श्री शनिबार, फागुन ६, २०७९  १०:३६
1140x725

‘सुनाखरी सबैभन्दा सुन्दर फूल हो। तर यो अर्कैको आडमा फुल्छ। हाम्रा सुनाखरी पनि त अर्कैको देशमा फुलिरहेका छन्!’ 

म्युजिकल फिल्मका निर्देशक नवीन चौहानले ‘सुनाखरी संवाद’का क्रममा भनेका थिए। उनी भर्खरै आर्टमाण्डूको युट्युव च्यानलबाट सार्वजनिक म्युजिकल फिल्म ‘सुनाखरी’को कथा सुनाउँदै थिए। 

यस्तो कथा,

जहाँ घामसँगै ओर्लिरहेको क्यामेराको लेन्सले लेकमा रुँघिरहेको एक्लो घर देखाउँछ। ‘सुनाखरी’जस्ता सन्तानको प्रतीक्षा गरिरहेका बुढा बा आमाको उदास अनुहार देखाउँछ। 

र देखाउँछ सन्नाटासँगै फैलिरहेको कुहिरो।

त्यो सन्नाटालाई छानोमा बजिरहने पानीले चिर्ने प्रयत्न गर्दो हो। बतासले धकेल्ने प्रयत्न गर्दो हो। तर, त्यसलाई चिर्ने त दम्पतीले आपसमा साँचेको प्रेमिल मुस्कानले नै हो। ‘हामी कसैको जिन्दगी पनि हुन सक्छौं। अगाडि मात्र हिँड्दा कहिलेकाहीँ पछाडिका कुरा देखिन्न,’ नवीन भन्छन्। 

यो कथाले हामीलाई पछाडि फर्काउँछ। हामीलाई पर्खिरहेको माटो, माटोमै जीवन उमारिरहेका बा आमाको आँगनसम्म। र ‘सुनाखरी’ले घरको आँगनसम्म पुर्‍याएर ७०औं वसन्त काटिसकेका बा आमाको जीवन गाउँछ।

यो हाम्रो सेरोफेरो
न तिम्रो न मेरो
बादलु किनारा चाँदीको घेरो

Ncell 2
Ncell 2
nimb
nimb

सँगीतमा बगिरहेको उज्ज्वल सागर र विद्या तिवारीको आवाजले हृदयमा नवीन धुन सिर्जना गर्छ। हर्क साउदका शब्द, पूर्वेली भाका र मिश्रित मुन्धुमले गीत बगिरहन्छ। ‘तीन महिना लाग्यो कम्पोज गर्न। ६ वटा कम्पोज सकिसक्दा सम्म सकिएको थिएन सुनाखरी,’ गायक तथा कम्पोजर उज्ज्वल पृष्ठभूमिका कथा सुनाउँछन्।

आर्टमाण्डूसँग उज्ज्वलको यो पहिलो सहकार्य हो। नवीनले धेरै अघिदेखि सोचेका थिए उनीसँग सहकार्य गर्ने। जब ‘सुनाखरी’ खिचेर इलामको माइमजुवाबाट नवीन झर्दै थिए, उनले उज्ज्वललाई फोन गरे, ‘अब हाम्रो सहकार्य जम्ने भयो।’

‘सुनाखरी’को भिडियोमा एउटा कथा छ। सन्तान पर्खिरहेका वृद्ध दम्पती। जसको छोरा–बुहारी विदेशमा छन्। हरेक दिन छोराको तस्बिर हेरेर टोलाइरहने आमाको अनुहारमा बाबु ‘सुनाखरी’ फुलाउने प्रयत्न गरिरहन्छन्।

निर्देशक नवीन यो कथा बुन्दै गर्दाको क्षण सुनाउन चाहन्छन्। अघिल्लो वर्ष उनी ‘घुमीघुमी’ खिचेर काठमाडौं फर्केनन्। इलाममै बसे। गाउँबाट एकदिन उनले डाँडाको लेक नियाले। भोलिपल्ट त्यो डाँडामा जान मन लाग्यो। एकदिन हिँडेर जब उनी लेकको एउटा गोठमा पुगे, कथा झुल्किहाल्यो। 

Xtrem

Xtrem

कुमारध्वज राई र कुशमाया राई ‘सुनाखरी’का पात्र थिए। कुमार ७१ वर्षका, कुशमाया ७३।

उनीहरू लेकको घरगोठमा दुई जना मात्र बस्थे। भिडियो खिच्ने कुरामा कुशमाया सहमत थिइनन्। तैपनि घरमा आएको पाहुनाका कारण उनीहरू खुसी थिए।  

‘खिचौं न, खिच्यो भने त पछिलाई सम्झना हो,’ कुमारध्वजले सम्झाए। नवीनले सोचेका थिए, सुटिङ सकिन पाँच दिन लाग्छ। 

तर १९ घण्टामा सकियो। 

त्यो बीचमा केही रमाइला संयोग पनि जुरे। जस्तो कि पानी पर्ने सिन थिएन स्क्रिप्टमा। अचानक पानीसहित हिउँ पर्न थाल्यो। नयाँ सिन जुरिहाल्यो। कुमारध्वज पानीमा रुझ्दै आएको दृश्य खिचे। अनि घरको झ्यालबाट कुशमाया श्रीमान्लाई पर्खिरहेको दृश्यले कथालाई थप सुन्दर बनाइदियो।

‘त्यसकारण यो कथा मैले गरेको भन्दा पनि ममार्फत् आयो कि भन्ने मात्र लाग्छ,’ नवीन ती क्षण सम्झँदै भन्छन्।

एउटा सिनको कथा नवीन सम्झन्छन्। कुमारध्वज रिसाएर चिया भरिएको डबका फाल्नुपर्ने सिन। त्यो सिन बुझाउँदै गर्दा दम्पती अस्वभाविक मुद्रामा हाँसे। हाँसो नरोकिएपछि नवीनले सोधे, ‘किन हाँस्नुभयो यसरी?’

‘उहाँ रिसाउँदा यस्तै गर्नुहुन्छ। ठ्याक्कै मिलेको,’ हाँसो नरोकिकनै कुशमायाले बताइन्।

खिच्दै गर्दा दम्पतीको प्रेम देख्दा उनीहरूको टिम दंग पर्यो। ‘श्रीमतीलाई हिँड्न गाह्रो हुन्छ भनेर कुमारध्वजले लठ्ठी बनाइदिनुहुन्थ्यो। भाँडा माझिदिनुहुन्थ्यो। सबै काम आफैं गरिदिनुहुन्थ्यो,’ नवीन सम्झन्छन्।

कुमारध्वजले गरेको एउटा प्रेमिल ठट्टा थियो, ‘चिसोमा धेरै हिँडी, त्यही भएर चाउरीइ मेरी बुढी!’ उनको ठट्टामा को नहाँसोस्!

एकदिन परिवार जसरी बस्यो आर्टमाण्डू टिम। सकिएर जाने बेलामा दम्पतीको मन चिसो भयो। नवीनले पारिश्रमिक दिन खोजे। उनीहरूले लिन मानेनन्। मन दुखाउँदै कुमारध्वजले भने, ‘हामीले उल्टै दिनुपर्ने। आएर हामीलाई खुसी पारिदिनुभयो। पर्दैन।’

त्यसरी मीठो आत्मीयता साटेर नवीन काठमाडौं फर्किए। 

एक वर्षपछि म्युजिकल फिल्म प्रदर्शन भयो। कविताजस्ता दृश्यहरूले भावनाका कथा भने। सम्बन्धका कथा भने। खुसीका कथा भने, पीडाका कथा भने।

अर्कैको देशमा फुलिरहेका ‘सुनाखरी’का कथा भने। जसलाई कुशमाया र कुमारध्वजजस्ता बा आमाले पर्खिरहेका छन्।

हेर्नुहोस् भिडिओ :

प्रकाशित मिति: शनिबार, फागुन ६, २०७९  १०:३६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
समर्पण श्री
लेखकबाट थप
जब माओत्सेलाई ‘दयारानी’को फेरि माया लागेर आयो
‘हल्‍कारा’को पात्रले खाने खैनी, जसले महेशलाई निकै वर्षसम्म सतायो
किन पलायन हुँदैछन् नेपाली डाक्टर?
सम्बन्धित सामग्री
अभिनेता मुश्ताक खानको निधन, ‘आशिकी’देखि ‘वेलकम’सम्मका भूमिकाबाट बनाएका थिए छुट्टै पहिचान सुरेश श्यामलाल गुप्ताका अनुसार मुश्ताक खानलाई पाँच वर्षअघि फोक्सोको क्यान्सर भएको थियो। उपचारपछि उनी निको भएका थिए। तर करिब दुई साता... बिहीबार, असोज ८, २०८३
सलमान खानले बिग बोसको स्टेजमै किन टोपी र ज्याकेट खोले ? शनिबारको एपिसोडअघि सार्वजनिक गरिएको प्रोमोमा सलमानले आफूलाई ‘भाइ मोटा हो गया है’ भन्दै ट्रोल गरिएको प्रसंग उठाएका छन् । त्यसपछि उनले... आइतबार, असोज ४, २०८३
‘मिसेस नेपाल वर्ल्ड २०२६’ को स्यासिङ सम्पन्न, २२ प्रतिस्पर्धी अन्तिम चरणमा थापागाउँस्थित बानेश्वर हिल्समा आयोजित समारोहमा देशभर गरिएका अडिसनबाट छनोट भएका २२ जना अन्तिम प्रतिस्पर्धीहरूलाई ट्याग नम्बर र सष्निज... शुक्रबार, असोज २, २०८३
ताजा समाचारसबै
नेपालमा पुनर्निर्माण र पूर्वाधारमा लगानी बढाउन एआईआईबीलाई अर्थमन्त्रीको आग्रह सोमबार, असोज १२, २०८३
शाखा अधिकृत सरुवामा नयाँ अभ्यास, दुई जनालाई फेरि प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी सोमबार, असोज १२, २०८३
पृथ्वी राजमार्गका विभिन्न स्थानको पहिरो हटाउने काम तीव्र सोमबार, असोज १२, २०८३
हवाई फायर गरी धनुषामा लागु औषध कारोबारी युवक पक्राउ सोमबार, असोज १२, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
मर्स्याङ्दी नदी थुनिएपछि चामे बजार खाली गराइयो आइतबार, असोज ११, २०८३
देउवा समूहले महाधिवेशनमा उम्मेदवार बन्न तोक्यो शुल्क आइतबार, असोज ११, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्