काठमाडौं- अभिनेता राजबल्लभ कोइराला एक दशकयता नेपाली चलचित्र क्षेत्रबाट टाढा छन्। अमेरिकामा बस्दै आएका राजले प्रशंसक तथा शुभचिन्तकबाट फिल्ममा कहिले कम्ब्याक हुने भन्ने प्रश्न झेलिरहनुपर्थ्यो।
अब उनले 'कामिनो'मार्फत् एक दशकपछि फिल्म क्षेत्रमा कमब्याक गर्ने भएका छन्। उनले फेसबुक पोस्टमार्फत् कमब्याक को जानकारी दिएका छन्।
दीपक ओलीले निर्देशन गर्न लागेको फिल्ममा अभिनेता प्रदीप खड्का पनि अनुबन्धित भइसकेका छन्। फिल्म चैतको तेस्रो साताबाट छायांकनमा जानेछ।
दुई दर्जन चलचित्रमा काम गरिसकेका राजबल्लब ‘पर्खि बसे, छोडी गए पाप लाग्ला, सम्झना, हाँसी देउ एक फेर’बाट निकै चर्चामा आएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।