काठमाडौं– पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–४ स्थित घोप्टेभिरमा फेरि सुक्खा पहिरो खस्दा सडक अवरुद्ध भएको छ ।
सोमबार राति करिब ११:१५ बजे पहिरो खसेपछि काठमाडौं आवतजावत गर्ने सवारीसाधन रोकिएका छन् । पहिरोले सडकको दुवैतर्फको आवागमन ठप्प पारेको छ ।
सोही स्थानमा सोमबार बिहान पनि सुक्खा पहिरो खसेको थियो । बिहान खसेको पहिरो हटाउन दिउँसो करिब २ बजेसम्म लागेको थियो । सडक सञ्चालनमा आएको केही समयपछि नै पुनः पहिरो खसेर यातायात अवरुद्ध भएको हो ।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डीएसपी चन्द्रभूषण यादवले राति सवा ११ बजेतिर पहिरो खसेको जानकारी दिए । उनका अनुसार पहिरो पन्छाएर सडक खुलाउने काम भइरहेको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।