मुम्बई (एजेन्सी) - वरुण धवन अभिनीत फिल्म 'जुडवा २' ले बक्स अफिसमा राम्रो कमाइ गरिरहेको छ । व्यापारको हिसाबले सय करोड क्लबमा समावेश भइसकेको यो फिल्मको सफलताको प्रभाव वरुणको पारिश्रमिकमा पनि देखिने भएको छ।
'जुडवा २' हिट भएसँगै वरुणले आफ्नो पारिश्रमिक वृद्धि गरेका छन् । रिपोर्टका अनुसार, अब उनी एउटा फिल्मको लागि करिब २५ करोड भारु लिनेछन् । यो पारिश्रमिक अनुसार वरुण अब बलिउडका सातौं सुपरस्टार कहलिनेछन्।
बढी पारिश्रमिक लिने कलाकारमा वरुणभन्दा अगाडि अब तीन खानहरु सलमान, शाहरुख र आमिरका साथै अक्षय कुमार, ऋतिक रोशन र अजय देवगन रहेका छन् । अहिले बलिउडमा वरुणको उमेरका कुनै कलाकारको पारिश्रमिक उनको जति छैन।
फिल्मका एक व्यापार विज्ञका अनुसार, अक्षय कुमार एक फिल्मका लागि करिब २० करोड रुपैयाँ लिन्छन् । यसका साथै उनी फिल्मको मुनाफाको हिस्सा पनि लिने गर्छन् । यसैगरी, सलमान, शाहरुख र आमिर खान पनि मोटो पारिश्रमिकसँगै फिल्मको नाफाबाट केही लिन्छन्।
अजय देवगन अहिले हरेक फिल्मको लागि ४० करोडड रुपैयाँ लिन्छन् भने ऋतिक रोशन एक प्रति फिल्म ३० करोड रुपैयाँ पाउँछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।