• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, माघ १, २०८२ Thu, Jan 15, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

किन भयो प्रचण्ड–माधव र उपेन्द्रबीचमा चित्रबहादुरको ‘इन्ट्री’?

64x64
नवीन झा शुक्रबार, माघ २७, २०७९  १७:१४
1140x725

काठमाडौं– नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दहाल ‘प्रचण्ड’ले बिहीबार एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र उक्त पार्टीका नेता झलनाथ खनालसँग संवाद गरे। सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा छलफल चलिरहँदा राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी पनि सामेल हुन आइपुगे।

यसअघि बुधबार पनि प्रधानमन्त्री प्रचण्डले एकीकृत समाजवादीका नेता खनालसँग भेटवार्ता गरेका थिए। त्यसअघि मंगलबार पनि प्रचण्डले बिहीबारजस्तै अध्यक्षद्वय नेपाल र जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादवसँग भेट गरे।

पछिल्लो तीन दिनयता प्रधानमन्त्री प्रचण्ड लगातार एकीकृत समाजवादी र जसपासँग छलफलमा छन्। नेताहरुबीचमा निरन्तर छलिरहेको छलफल भने कुन विषयमा केन्द्रित छ भन्ने कुरा चाहि खुलेको छैन। खनालले भने, ‘प्रधानमन्त्रीसँग छलफल हुनु सामान्य कुरा हो। शीर्ष नेताहरुका बीचमा समसामयिक कुराबाहेक अरु के हुन्छ र?'

यता केही सयमअघि माओवादी केन्द्र, एकीकृत समाजवादी र जसपाले पार्टी एकीकरण र मोर्चाबन्दीका लागि वार्ता समिति नै गठन गरेका छन्। माओवादीले पार्टी उपाध्यक्ष कृष्णबहादुर महराको नेतृत्वमा, एकीकृत समाजवादीले पार्टीका महासचिव वेदुराम भुसाल, जसपाले नेता राजेन्द्रनारायण श्रेष्ठ र नेपाल समाजवादीले नेता गंगा श्रेष्ठको नेतृत्वमा वार्ता समितिहरु गठन गरेका छन्। 

माओवादी र नेपाल समाजवादी पार्टीका वार्ता समिति र एकीकृत समाजवादी तथा जसपाका वार्ता समितिहरुबीच त पहिलो चरणको छलफल नै चलिसकेको छ। माओवादीको वार्ता समितिले एकीकृत समाजवादीको वार्ता समितिसँग पनि एक चरणमा छलफल गरेको छ। हुन त माओवादी र एकीकृत समाजवादीले गत मंसिर ४ गतेको निर्वाचनअगावै पार्टी एकीकरण गर्नेगरी दुईपक्षीय संयन्त्र निर्माण गर्ने कुरा पनि सार्वजनिक भएको थियो। 

Ncell 2
Ncell 2

एकीकृत समाजवादीका नेता खनालले तत्कालै माओवादीसँग एकीकरणको सम्भावना नरहे पनि यो मोर्चाबन्दीका रुपमा अघि बढ्न सक्ने संकेत गरे। उनले पार्टी एकीकरणका विषयमा भने अहिल्यै विस्तृत कुरा भन्न नसकिने बताए। 

यता, जसपाका वार्ता समिति संयोजक श्रेष्ठ शीर्ष तहका नेताहरुका बीचमा चलिरहेको भेटघाट र छलफलले वार्ता समितिलाई काम गर्न सहज हुने बताउँछन्। ‘वार्ता समितिको स्तरमा अहिले जसपाले एकीकृत समाजवादीसँग छलफल गरिरहेको छ’, श्रेष्ठले भने, ‘हामीले एक अर्काका दस्तावेज अध्ययन गर्न एउटा समिति बनाएका छौं। त्यो समितिले भोलि शुक्रबारसम्म आफ्नो प्रतिवेदन बनाउनेछ। त्यसपछि हामी बसेर कुरा गर्नेछौं।’

आफूहरुबीच पहिला जसपा र एकीकृत समाजवादीबीचमा कुरा मिलाउने र त्यसपछि मात्रै माओवादीसँग कुरा गर्ने मोटामोटी सहमति भएको श्रेष्ठले जानकारी दिए। यता माओवादी र नेपाल समाजवादी पार्टीको वार्ता समितिका बीचमा पनि एक तहमा कुरा मिलेर छलफल अहिले शीर्ष तहमा पुगेको देखिन्छ। 

केही दिनअघि बसेको माओवादी स्थायी कमिटी बैठकमा पनि पार्टी एकीकरण र त्यसका लागि आवश्यक वार्ताहरुका विषयमा चर्चा चलेको थियो। माओवादी अध्यक्ष तथा प्रधानमन्त्री प्रचण्डले त पार्टीको नामसमेत फेरेर भए पनि एकीकरण प्रक्रियालाई अगाडि बढाउने कुरा बैठकमा राखेको माओवादीका नेताहरु बताउँछन्। 

यसरी माओवादीको बैठकमा छलफल हुने र यी चार पार्टीका वार्ता समितिका बीचमा एक तहमा दुई पक्षीय समझदारी बन्ने छाँटकाँट देखिरहेका बेला शीर्ष तहका नेताबीचमा पनि छलफल बाक्लिएको छ। पार्टी एकीकरण वा मोर्चाबन्दी भन्ने विषयमा अहिले नै पक्का भइसकेको भने देखिँदैन।

तर, अकस्मात जनमोर्चाका अध्यक्ष केसीको इन्ट्रीले भने थप चासो दिएको छ। कतिपय नेताहरुले यसलाई राष्ट्रपतिको निर्वाचन र सम्भावित समीकरणको नयाँ खेलसँग पनि जोडेर हेरेका छन्। तर यो निरन्तरको भेटघाटले कसरी राजनीतिक घटनाक्रम विकास गर्छ भन्नेबारे जानकारी पाउन त केही समय कुर्नेपर्ने देखिन्छ। 

प्रकाशित मिति: शुक्रबार, माघ २७, २०७९  १७:१४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नवीन झा
लेखकबाट थप
कांग्रेस सुधारको बहस : केका लागि, कस्तो सुधार?
कोइरालाको सहयोग लिएर महामन्त्रीद्वयमाथि देउवाको बलमिच्याइँ
रास्वपा पुनः सरकारमा सहभागी भए कसरी होला मन्त्रालय बाँडफाँट?
सम्बन्धित सामग्री
‘विप्लव’ र मिराज ढुंगानाबीच ४ बुँदे सहमति पत्रमा हस्ताक्षर बिहीबार नेकपा महासचिव ‘विप्लव’ र मिराज ढुंगानाले सहमति पत्रमा हस्ताक्षर गरेका हुन्। बिहीबार, माघ १, २०८२
सभापति थापाले भने : ‘निर्वाचन आयोगले विशेष महाधिवेशनको निर्णयलाई अद्यावधिक गर्नेमा विश्वस्त छु’ बिहीबार नेपाली काँग्रेसको विशेष महाधिवेशनले गरेको निर्णय अद्यावधिक गराउन निर्वाचन आयोग पुगेका सभापति थापाले निर्वाचन आयोगलाई माघ ६ ग... बिहीबार, माघ १, २०८२
विशेष महाधिवेशनबाट निर्वाचित कांग्रेस कार्यसमितिले आयोगमा बुझायो विवरण कांग्रेसको विधानअनुसार विशेष महाधिवेशन सम्पन्न भए दलको पदाधिकारीसहितका विवरण परिर्वतन भएकाले निर्वाचन आयोगमा अद्यावधिक गराउन निवदेन... बिहीबार, माघ १, २०८२
ताजा समाचारसबै
‘विप्लव’ र मिराज ढुंगानाबीच ४ बुँदे सहमति पत्रमा हस्ताक्षर बिहीबार, माघ १, २०८२
सभापति थापाले भने : ‘निर्वाचन आयोगले विशेष महाधिवेशनको निर्णयलाई अद्यावधिक गर्नेमा विश्वस्त छु’ बिहीबार, माघ १, २०८२
विशेष महाधिवेशनबाट निर्वाचित कांग्रेस कार्यसमितिले आयोगमा बुझायो विवरण बिहीबार, माघ १, २०८२
कांग्रेस प्रवक्तामा देवराज चालिसे नियुक्त बिहीबार, माघ १, २०८२
देउवाको हस्ताक्षर हटाउने र नवनिर्वाचित टीम आयोगमा अद्यावधिक गर्ने गगन नेतृत्वको कांग्रेसको निर्णय बिहीबार, माघ १, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
कांग्रेसको विशेष महाधिवेशन : महामन्त्रीमा पौडेल र घिमिरे चयन बुधबार, पुस ३०, २०८२
गगनलाई प्रधानमन्त्रीको उम्मेदवारसहित संस्थापनलाई ८ बुँदे प्रस्ताव, संस्थापनद्वारा अस्वीकार बुधबार, पुस ३०, २०८२
पार्टीबाट निष्कासनमा परेपछि विश्वप्रकाश–  ‘गगन र म दुवै दृढ छौँ, विशेष महाधिवेशनले सही नेतृत्व दिनेछ’ बुधबार, पुस ३०, २०८२
देउवाले राजीनामा दिन नमानेपछि महामन्त्रीहरूसँगको वार्ता टुंगियो बुधबार, पुस ३०, २०८२
निर्वाचन आयोग पुग्यो देउवा पक्षको पत्र, महामन्त्रीद्वयलाई कारबाही गरेको जानकारी बुधबार, पुस ३०, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
कांग्रेसको विशेष महाधिवेशन : महामन्त्रीमा पौडेल र घिमिरे चयन बुधबार, पुस ३०, २०८२
गगन-विश्वसँग संवाद गर्न तयार भए देउवा सोमबार, पुस २८, २०८२
इरानमा प्रदर्शन तीव्र, प्रदर्शनकारीमाथि गोली प्रहारको आदेश, संसदमा लाग्यो ‘डेथ टु अमेरिका’को नारा आइतबार, पुस २७, २०८२
शेखर नआउने भएपछि कांग्रेसको पत्रकार सम्मेलन स्थगित शुक्रबार, पुस २५, २०८२
वार्ता सकेर विशेष महाधिवेशन पक्षधरको मागको सूची बोकेर संस्थापन पक्षका टोली देउवा निवासमा मंगलबार, पुस २९, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्