काठमाडौं– चलचित्र विकास बोर्डको सल्लाहकार समितिबाट नीर शाह लगायत ५ सदस्यले राजीनामा दिएका छन्।
समितिका संयोजक शाहले बुधबार राजीनामा दिएको नेपाललाइभलाई बताए।
यसअघि सदस्यहरू रवीन्द्र खड्का, दीपाश्री निरौला, सुशान्त कुमार श्रेष्ठ र आकाश अधिकारीले पनि राजीनामा दिइसकेका छन्।
राजीनामा किन दिइएको भन्नेबारे थाहा नभएको बोर्डका सूचना अधिकारी चिरञ्जीवी गुरागाईँ बताउँछन्।
‘कोहीको कार्यव्यस्तताले भन्ने सुनेको छु। आधिकारीक रुपमा किन राजीनामा दिनुभयो भन्ने जानकारी पाएको छैन,’ उनले भने।
संयोजक शाहले भने आफ्नो कार्यव्यस्तताका कारण राजीनामा दिएको बताए। ‘अब हाम्रो कार्यकाल पनि धेरै बाँकी छैन। त्यसमाथि व्यस्तता बढ्यो। समय दिन नसकेपछि राजीनामा दिएको हुँ,’ शाहले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।