• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज २२, २०८३ Thu, Oct 8, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अर्थ समाचार

पाँच वर्षमा ४० अर्बको मसला आयात, खुर्सानी मात्रै सात अर्बको

64x64
कल्पना घिमिरे शनिबार, माघ २८, २०७९  ०७:३९
1140x725

काठमाडौं– नेपालीको भान्सामा मसलाको रुपमा दैनिक खपत हुने वस्तु हुन्– लसुन, प्याज, अदुवा, खुर्सानी र गोलभेँडा। तर, यी पाँचै वस्तुमा नेपाल परनिर्भर छ। स्वदेशी उत्पादनले नपुगेर अर्बौं रूपैयाँको विदेशी उत्पादन भित्र्याउनुपर्ने अवस्था छ। चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा यी पाँच मसला आयात गर्दा ४ अर्ब ८८ करोड ४१ लाख ३१ हजार रुपैयाँ बाहिरिएको भन्सार विभागको तथ्यांकमा छ। 

आर्थिक वर्ष ०७५–०७६ देखि आर्थिक वर्ष ०७९–०८० को ६ महिना (सवा पाँच वर्ष) मा ४० अर्ब ४२ करोड ८३ लाख २३ हजार रुपैयाँको उक्त मसला आयात भएको छ। जसमध्ये सबैभन्दा बढी प्याजमा २४ अर्ब ५० करोड एक लाख आठ हजार रुपैयाँ बाहिरिएको विभागको तथ्यांकले देखाउँछ। विभागका अनुसार खुर्सानीमा मात्रै सवा पाँच वर्षमा ६ अर्ब ९३ करोड ६१ लाख ९६ हजार रुपैयाँ बाहिरिएको छ। 

त्यस्तै, लसुनमा चार अर्ब ९२ करोड ६८ लाख ३८ हजार रुपैयाँ बाहिरिएको छ। दुई अर्ब ५७ करोड ९० लाख ९८ हजार रुपैयाँ गोलभेँडामा र ४८ करोड १४ लाख ६५ हजार रुपैयाँ अदुवामा बाहिरिएको  छ। 

झण्डै पाँच अर्बको लसुन ल्याइयो
दैनिक भान्सामा मसलाको रुपमा प्रयोग हुनेमध्येको लसुन मात्र सवा पाँच वर्षमा चार अर्ब ९२ करोड ६८ लाख ३८ हजार रुपैयाँको आयात भएको भन्सार विभागको तथ्यांकमा छ। 

आर्थिक वर्ष ०७५–०७६ मा ८३ करोड ३० लाख ३३ हजार रुपैयाँको ९२७७.०८ मेट्रिक टन लसुन आयात भएको थियो। आर्थिक वर्ष ०७६–०७७ मा ७५ करोड ४२ लाख २७ हजार रुपैयाँको ६९७३.२६ मेट्रिक टन, आर्थिक वर्ष ०७७–०७८ मा १ अर्ब ५० करोड १९ लाख २७ हजार रुपैयाँको १३४२५.१३ मेट्रिक टन लसुन आयात भएको देखिन्छ। आर्थिक वर्ष ०७८–७९ मा १ करोड २४ लाख १ हजार रुपैयाँको ४७५६४.०७ मेट्रिक टन लसुन आयात भएको छ।

आर्थिक वर्ष ०७९–८० को छ महिनामा सुकेको, हरियो र बिउ लसुन गरेर ५९ अर्ब ६८ लाख ५० हजार रुपैयाँको ५०७२.६५ मेट्रिक टन लसुन आयात भएको भन्सार विभागको तथ्यांकमा छ। जसमा भारतबाट ७ करोड ५२ लाख ५२ हजार रुपैयाँको ७९१.५५ मेट्रिक टन आयात भएको छ। चीनबाट ५२ अर्ब १५ लाख ९८ हजार रुपैयाँको ४२८१.१० मेट्रिक टन लसुन आयात भएको भन्सार विभागको तथ्यांकमा छ।

अदुवामा ४८ करोड बाहिरियो 
सवा पाँच वर्षमा ४८ करोड १४ लाख ६५ हजार रुपैयाँको अदुवामा मात्रै आयात भएको विभागको तथ्यांकमा देखिन्छ। आर्थिक वर्ष ०७५–०७६ मा  १० अर्ब ९४ लाख १५ हजार रुपैयाँको ४८४.२८ मेट्रिक टन अदुवा आयात भएको थियो।

आर्थिक वर्ष ०७६–०७७ मा ११ अर्ब ९० लाख ४१ हजार रुपैयाँको ६५८.०३ मेट्रिक टन, आर्थिक वर्ष ०७७–०७८ मा १७ अर्ब ५७ लाख १५ हजार रुपैयाँको ८८३.६० मेट्रिक टन र आर्थिक वर्ष ०७८–०७९ मा १२ अर्ब ९१ लाख ५६ हजार रुपैयाँको ६१५.२८ मेट्रिक टन अदुवा आयात भएको देखिन्छ। 

Ncell 2
Ncell 2
nimb
nimb

आर्थिक वर्ष ०७९–८० को ६ महिनामा सुकेको, हरियो र बिउ ३ करोड ८६ लाख ४२ हजारको १६३.४८ मेट्रिक टन अदुवा आयात भएको छ। जसमध्ये भारतबाट मात्रै ३८ अर्ब ६९ लाख ४७ हजार रुपैयाँको १६३.४८ मेट्रिक टन अदुवा आयात भएको छ। त्यस्तै, कोरियाबाट एक हजार रुपैयाँको एक केजी अदुवा आयात भएको विभागको तथ्यांकमा छ।

साढे दुई अर्बको गोलभेँडा 
आर्थिक वर्ष ०७५–०७६ मा ५२ करोड ६९ लाख २५ हजार रुपैयाँको ८६९९९.४९ मेट्रिक टन गोलभेँडा आयात भएको छ। आर्थिक वर्ष ०७६–०७७ मा ५३ करोड ५ लाख २ हजार रुपैयाँको ४४५८१.४५ मेट्रिक टन, आर्थिक वर्ष ०७७–०७८ मा ५१ करोड एक लाख २८ हजार रुपैयाँको ३६४४४.१७ मेट्रिक टन आयात भएको भन्सार विभागको तथ्यांकमा उल्लेख छ।

आर्थिक वर्ष ०७८–०७९ मा ६८ करोड ७४ लाख ३६ हजार रुपैयाँको ४७५६४.०७ र आर्थिक वर्ष ०७९–८० को छ महिनामा ३१९६०७ हजार रुपैयाँको २१८८५.५९ मेट्रिक टन आयात भएको भन्सार विभागको तथ्यांकमा छ। जसमध्ये गोलभेँडाको बिउमात्रै ४ करोड ८ लाख ६२ हजार रुपैयाँको  एक हजार १४३ केजी आयात भएको छ।

गोलभेँडा र गोलभेँडाको बिउ भारतबाट मात्रै ३० करोड ३८ लाख ९१ हजार रुपैयाँको आयात भएको छ। चीनबाट ७२ लाख ८१ हजार रुपैयाँको ६० केजी, कोरियाबाट २८ लाख ७ हजार रुपैयाँको २४ केजी र ताइवानबाट ११ हजार रुपैयाँको गोलभेँडाको बिउ आयात भएको छ। 

Xtrem

Xtrem

६ महिनामै तीन अर्ब २३ करोडको प्याज
सवा पाँच वर्षमा २४ अर्ब ५० करोड एक लाख आठ हजार रुपैयाँको प्याज मात्रै आयात भएको छ। आर्थिक वर्ष ०७५–०७६ मा ५ अर्ब ६२ करोड २५ लाख ३४ हजार रुपैयाँको १७८४६८.१८ मेट्रिक टन प्याज आयात भएको छ। 

आर्थिक वर्ष ०७६–०७७ ४ अर्ब २२ करोड ४७ लाख १४ हजार रुपैयाँको १०६८३५.०२, आर्थिक वर्ष ०७७–०७८ मा चार अर्ब ९६ करोड ३६ लाख १३ हजार रूपैयाँको १२८४५.६ मेट्रिक टन आयात भएको छ। 

आर्थिक वर्ष ०७८–०७९ मा ६ अर्ब ४५ करोड ५३ लाख ७६ हजार रूपैयाँको एक लाख ७३८३१.६५ मेट्रिक टन प्याज आयात भएको छ।

आर्थिक वर्ष ०७९–०८० को ६ महिनामा नेपालले ३ अर्ब २३ करोड ३८ लाख ७१ हजार रूपैयाँको ८७ हजार पाँच सय २८.६ मेट्रिक टन प्याज आयात गरेको छ। जसमध्ये भारतबाट मात्रै ३ अर्ब २० करोड ६१ लाख ९३ हजार रूपैयाँको ८७४६.५८ मेट्रिक टन प्याज आयात भएको छ। त्यसमा प्याजको बिउ मात्रै चार लाख ८३ हजार रुपैयाँको १.३ मेट्रिक टन आयात भएको विभागको तथ्यांकले देखाउँछ। 

फ्रेस प्याज मात्रै तीन अर्ब १५ करोड २७ लाख ४५ हजार रूपैयाँको ८६ हजार ३८६.६८ मेट्रिक टन आयात भएको विभागको तथ्यांकमा उल्लेख छ। टुक्रा पारेर सुकाएको प्याज पाँच करोड २९ लाख ६५ हजार रूपैयाँको १०७२.५९ मेट्रिक टन भारतबाट आयात भएको विभागको तथ्यांकमा उल्लेख छ।

त्यस्तै, कोरियाबाट एक लाख ५२ हजार रुपैयाँको १५ केजी प्याजको बिउ आयात गरिएको विभागले जनाएको छ। छिमेकी मुलुक चीनबाट पनि दुई करोड ७५ लाख २६ हजार रूपैयाँको प्याज आयात भएको छ।

सात अर्बको खुर्सानी आयात
सवा पाँच वर्षमा ६ अर्ब ९३ करोड ६१ लाख ९६ हजार रुपैयाँको खुर्सानी आयात भएको विभागको तथ्यांकले देखाउँछ। आर्थिक वर्ष ०७५–०७६ मा एक अर्ब १३ करोड ९१ लाख १० हजार रुपैयाँको ८६०६.७६ मेट्रिक टन खुर्सानी आयात भएको थियो। 

यस्तै, आर्थिक वर्ष ०७६–०७७ मा एक अर्ब ४८ करोड ६३ लाख ४७  हजार रुपैयाँको  ९५३७.२५ मेट्रिक टन, आर्थिक वर्ष ०७७–०७८ मा एक अर्ब ८४ करोड ५४ लाख २५ हजार रुपैयाँको ११७९४.६३ मेट्रिक टन र आर्थिक वर्ष ०७८–०७९ मा एक अर्ब ७७ करोड  एक लाख ५३ हजार रुपैयाँको १०८३७.५३ मेट्रिक टन खुर्सानी आयात भएको भन्सार विभागको तथ्यांकमा उल्लेख छ। विभागका अनुसार आर्थिक वर्ष ०७९–८०को ६ महिनामा ६९ करोड ५१ लाख ६१ हजार रुपैयाँको ३५५३.९७ मेट्रिक टन खुर्सानी आयात भएको छ। 

जसमा भारतबाट ६८ करोड ७० लाख ४७ हजार रुपैयाँको ३५१६.२७ मेट्रिक टन खुर्सानी आयात भएको छ। चीनबाट ८०८६ हजार रुपैयाँको ३७.६५ मेट्रिक टन, इन्डोनेसियाबाट २ हजार रुपैयाँको १२ केजी र जापानबाट २६ हजार रुपैयाँको ३९ केजी खुर्सानी आयात भएको छ।

के भन्छ सरकार?
कृषि क्षेत्रमा बिचौलियाको बिगबिगी भएकाले पनि स्वदेशी उत्पादनले बजार नपाउने, खेर जाने भइरहेको छ भने अर्बौंको विदेशी उत्पादन भित्रिने गरेको छ।

बिचौलिया अन्त्यका लागि अनुमतिपत्रको व्यवस्था गर्नुपर्ने कृषि तथा पशुपन्छी विकासमन्त्री ज्वालाकुमारी साहले बताउँछिन्। लाइसेन्सप्राप्त व्यक्तिले मात्रै कृषिजन्य वस्तु खरिद तथा बिक्री गर्न पाउने गरी नीतिगत व्यवस्था गरिने उनी बताउँछिन्। 

कृषिजन्य वस्तुको आयात रोक्न नाकामा प्रयोगशाला र जाँचको माध्यमबाट सरकारले कडाइ गर्ने साहले बताएकी  छन्। किसानका समस्या समाधानका लागि नीतिगत तहदेखि नै आफूले प्रयास गर्ने उनको भनाइ छ।

त्यस्तै, कृषि मन्त्रालयका प्रवक्ता प्रकाश सञ्जेलले भने नेपाली उत्पादनलाई प्रोत्साहन तथा बजारीकरण गर्न र कृषिजन्य वस्तु आयात रोक्नका लागि मातहतका विभिन्न निकायसँग समन्वय गरेर कृषि क्षेत्रमा  मन्त्रालयले काम गर्ने बताए।

प्रकाशित मिति: शनिबार, माघ २८, २०७९  ०७:३९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
कल्पना घिमिरे
लेखकबाट थप
२८ करोडको सरकारी गाडी यसरी बन्यो कवाडी
आर्थिक सहायता र राजस्व संकलनको लक्ष्य नभेट्दा कूल बजेट खर्च २० प्रतिशत कमी
६ वर्षमा २२ सहकारी समस्याग्रस्तः चालू वर्ष थपियो बानेश्वरको नेपाल सहकारी वित्तीय संस्था लिमिटेड
सम्बन्धित सामग्री
सुनको मूल्य बढ्यो, कतिमा हुँदै छ कारोबार ? अघिल्लो दिन प्रतितोला २ लाख ९१ हजार ५०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज ८०० रुपैयाँले बढ्दै २ लाख ९२ हजार ३०० रुपैयाँमा पुगेको... बुधबार, असोज २१, २०८३
आज यस्तो छ विदेशी मुद्राको विनिमयदर नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १५३ रुपैया... बुधबार, असोज २१, २०८३
आज यस्तो छ विदेशी मुद्राको विनिमयदर नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५३ रुपैयाँ... मंगलबार, असोज २०, २०८३
ताजा समाचारसबै
१७ अर्ब नाघ्यो प्रधानमन्त्री राहत कोषमा मौज्दात बुधबार, असोज २१, २०८३
बिर्तामोड नयाँ बसपार्कबाट १ हजार १ सय बोतल अमिलो बरामद गरी नष्ट बुधबार, असोज २१, २०८३
एग्रिमोका लागि आयो प्रस्तावित भारतीय राजदुतको नाम बुधबार, असोज २१, २०८३
तीनकुने झडप प्रकरण : दुर्गा प्रसाईंलगायतलाई कारबाही गर्न सिफारिस बुधबार, असोज २१, २०८३
कांग्रेसकाे नेता बन्न तम्सिए पत्रकार, काे कुन पदमा? बुधबार, असोज २१, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
गगन बने कांग्रेसकाे सर्वसम्मत सभापति, घोषणा बाँकी बुधबार, असोज २१, २०८३
कांग्रेस १५औँ महाधिवेशन : अन्तिम मतदाता नामावली सार्वजनिक मंगलबार, असोज २०, २०८३
यस्ता छन् मन्त्रिपरिषद्का ६ निर्णय बुधबार, असोज २१, २०८३
एमालेमा ओलीको आलोचना गर्न प्रतिबन्ध मंगलबार, असोज २०, २०८३
सर्वोच्च अदालतको न्यायाधीशमा चार जनाको नाम सिफारिस मंगलबार, असोज २०, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
फ्लाई दुबई घटनामा नयाँ अपडेट : घाइते क्याप्टेन स्थिर, यूएईले खोज्दैछ घटनाको उद्देश्य बिहीबार, असोज १५, २०८३
ककपिटमा झडपपछि १४ हजार फिट तल झर्‍यो विमान, साउदीमा आकस्मिक अवतरण बुधबार, असोज १४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्