• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, पुस २८, २०८२ Mon, Jan 12, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अर्थ समाचार

पाँच वर्षमा ४० अर्बको मसला आयात, खुर्सानी मात्रै सात अर्बको

64x64
कल्पना घिमिरे शनिबार, माघ २८, २०७९  ०७:३९
1140x725

काठमाडौं– नेपालीको भान्सामा मसलाको रुपमा दैनिक खपत हुने वस्तु हुन्– लसुन, प्याज, अदुवा, खुर्सानी र गोलभेँडा। तर, यी पाँचै वस्तुमा नेपाल परनिर्भर छ। स्वदेशी उत्पादनले नपुगेर अर्बौं रूपैयाँको विदेशी उत्पादन भित्र्याउनुपर्ने अवस्था छ। चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा यी पाँच मसला आयात गर्दा ४ अर्ब ८८ करोड ४१ लाख ३१ हजार रुपैयाँ बाहिरिएको भन्सार विभागको तथ्यांकमा छ। 

आर्थिक वर्ष ०७५–०७६ देखि आर्थिक वर्ष ०७९–०८० को ६ महिना (सवा पाँच वर्ष) मा ४० अर्ब ४२ करोड ८३ लाख २३ हजार रुपैयाँको उक्त मसला आयात भएको छ। जसमध्ये सबैभन्दा बढी प्याजमा २४ अर्ब ५० करोड एक लाख आठ हजार रुपैयाँ बाहिरिएको विभागको तथ्यांकले देखाउँछ। विभागका अनुसार खुर्सानीमा मात्रै सवा पाँच वर्षमा ६ अर्ब ९३ करोड ६१ लाख ९६ हजार रुपैयाँ बाहिरिएको छ। 

त्यस्तै, लसुनमा चार अर्ब ९२ करोड ६८ लाख ३८ हजार रुपैयाँ बाहिरिएको छ। दुई अर्ब ५७ करोड ९० लाख ९८ हजार रुपैयाँ गोलभेँडामा र ४८ करोड १४ लाख ६५ हजार रुपैयाँ अदुवामा बाहिरिएको  छ। 

झण्डै पाँच अर्बको लसुन ल्याइयो
दैनिक भान्सामा मसलाको रुपमा प्रयोग हुनेमध्येको लसुन मात्र सवा पाँच वर्षमा चार अर्ब ९२ करोड ६८ लाख ३८ हजार रुपैयाँको आयात भएको भन्सार विभागको तथ्यांकमा छ। 

आर्थिक वर्ष ०७५–०७६ मा ८३ करोड ३० लाख ३३ हजार रुपैयाँको ९२७७.०८ मेट्रिक टन लसुन आयात भएको थियो। आर्थिक वर्ष ०७६–०७७ मा ७५ करोड ४२ लाख २७ हजार रुपैयाँको ६९७३.२६ मेट्रिक टन, आर्थिक वर्ष ०७७–०७८ मा १ अर्ब ५० करोड १९ लाख २७ हजार रुपैयाँको १३४२५.१३ मेट्रिक टन लसुन आयात भएको देखिन्छ। आर्थिक वर्ष ०७८–७९ मा १ करोड २४ लाख १ हजार रुपैयाँको ४७५६४.०७ मेट्रिक टन लसुन आयात भएको छ।

आर्थिक वर्ष ०७९–८० को छ महिनामा सुकेको, हरियो र बिउ लसुन गरेर ५९ अर्ब ६८ लाख ५० हजार रुपैयाँको ५०७२.६५ मेट्रिक टन लसुन आयात भएको भन्सार विभागको तथ्यांकमा छ। जसमा भारतबाट ७ करोड ५२ लाख ५२ हजार रुपैयाँको ७९१.५५ मेट्रिक टन आयात भएको छ। चीनबाट ५२ अर्ब १५ लाख ९८ हजार रुपैयाँको ४२८१.१० मेट्रिक टन लसुन आयात भएको भन्सार विभागको तथ्यांकमा छ।

अदुवामा ४८ करोड बाहिरियो 
सवा पाँच वर्षमा ४८ करोड १४ लाख ६५ हजार रुपैयाँको अदुवामा मात्रै आयात भएको विभागको तथ्यांकमा देखिन्छ। आर्थिक वर्ष ०७५–०७६ मा  १० अर्ब ९४ लाख १५ हजार रुपैयाँको ४८४.२८ मेट्रिक टन अदुवा आयात भएको थियो।

आर्थिक वर्ष ०७६–०७७ मा ११ अर्ब ९० लाख ४१ हजार रुपैयाँको ६५८.०३ मेट्रिक टन, आर्थिक वर्ष ०७७–०७८ मा १७ अर्ब ५७ लाख १५ हजार रुपैयाँको ८८३.६० मेट्रिक टन र आर्थिक वर्ष ०७८–०७९ मा १२ अर्ब ९१ लाख ५६ हजार रुपैयाँको ६१५.२८ मेट्रिक टन अदुवा आयात भएको देखिन्छ। 

Ncell 2
Ncell 2

आर्थिक वर्ष ०७९–८० को ६ महिनामा सुकेको, हरियो र बिउ ३ करोड ८६ लाख ४२ हजारको १६३.४८ मेट्रिक टन अदुवा आयात भएको छ। जसमध्ये भारतबाट मात्रै ३८ अर्ब ६९ लाख ४७ हजार रुपैयाँको १६३.४८ मेट्रिक टन अदुवा आयात भएको छ। त्यस्तै, कोरियाबाट एक हजार रुपैयाँको एक केजी अदुवा आयात भएको विभागको तथ्यांकमा छ।

साढे दुई अर्बको गोलभेँडा 
आर्थिक वर्ष ०७५–०७६ मा ५२ करोड ६९ लाख २५ हजार रुपैयाँको ८६९९९.४९ मेट्रिक टन गोलभेँडा आयात भएको छ। आर्थिक वर्ष ०७६–०७७ मा ५३ करोड ५ लाख २ हजार रुपैयाँको ४४५८१.४५ मेट्रिक टन, आर्थिक वर्ष ०७७–०७८ मा ५१ करोड एक लाख २८ हजार रुपैयाँको ३६४४४.१७ मेट्रिक टन आयात भएको भन्सार विभागको तथ्यांकमा उल्लेख छ।

आर्थिक वर्ष ०७८–०७९ मा ६८ करोड ७४ लाख ३६ हजार रुपैयाँको ४७५६४.०७ र आर्थिक वर्ष ०७९–८० को छ महिनामा ३१९६०७ हजार रुपैयाँको २१८८५.५९ मेट्रिक टन आयात भएको भन्सार विभागको तथ्यांकमा छ। जसमध्ये गोलभेँडाको बिउमात्रै ४ करोड ८ लाख ६२ हजार रुपैयाँको  एक हजार १४३ केजी आयात भएको छ।

गोलभेँडा र गोलभेँडाको बिउ भारतबाट मात्रै ३० करोड ३८ लाख ९१ हजार रुपैयाँको आयात भएको छ। चीनबाट ७२ लाख ८१ हजार रुपैयाँको ६० केजी, कोरियाबाट २८ लाख ७ हजार रुपैयाँको २४ केजी र ताइवानबाट ११ हजार रुपैयाँको गोलभेँडाको बिउ आयात भएको छ। 

६ महिनामै तीन अर्ब २३ करोडको प्याज
सवा पाँच वर्षमा २४ अर्ब ५० करोड एक लाख आठ हजार रुपैयाँको प्याज मात्रै आयात भएको छ। आर्थिक वर्ष ०७५–०७६ मा ५ अर्ब ६२ करोड २५ लाख ३४ हजार रुपैयाँको १७८४६८.१८ मेट्रिक टन प्याज आयात भएको छ। 

आर्थिक वर्ष ०७६–०७७ ४ अर्ब २२ करोड ४७ लाख १४ हजार रुपैयाँको १०६८३५.०२, आर्थिक वर्ष ०७७–०७८ मा चार अर्ब ९६ करोड ३६ लाख १३ हजार रूपैयाँको १२८४५.६ मेट्रिक टन आयात भएको छ। 

आर्थिक वर्ष ०७८–०७९ मा ६ अर्ब ४५ करोड ५३ लाख ७६ हजार रूपैयाँको एक लाख ७३८३१.६५ मेट्रिक टन प्याज आयात भएको छ।

आर्थिक वर्ष ०७९–०८० को ६ महिनामा नेपालले ३ अर्ब २३ करोड ३८ लाख ७१ हजार रूपैयाँको ८७ हजार पाँच सय २८.६ मेट्रिक टन प्याज आयात गरेको छ। जसमध्ये भारतबाट मात्रै ३ अर्ब २० करोड ६१ लाख ९३ हजार रूपैयाँको ८७४६.५८ मेट्रिक टन प्याज आयात भएको छ। त्यसमा प्याजको बिउ मात्रै चार लाख ८३ हजार रुपैयाँको १.३ मेट्रिक टन आयात भएको विभागको तथ्यांकले देखाउँछ। 

फ्रेस प्याज मात्रै तीन अर्ब १५ करोड २७ लाख ४५ हजार रूपैयाँको ८६ हजार ३८६.६८ मेट्रिक टन आयात भएको विभागको तथ्यांकमा उल्लेख छ। टुक्रा पारेर सुकाएको प्याज पाँच करोड २९ लाख ६५ हजार रूपैयाँको १०७२.५९ मेट्रिक टन भारतबाट आयात भएको विभागको तथ्यांकमा उल्लेख छ।

त्यस्तै, कोरियाबाट एक लाख ५२ हजार रुपैयाँको १५ केजी प्याजको बिउ आयात गरिएको विभागले जनाएको छ। छिमेकी मुलुक चीनबाट पनि दुई करोड ७५ लाख २६ हजार रूपैयाँको प्याज आयात भएको छ।

सात अर्बको खुर्सानी आयात
सवा पाँच वर्षमा ६ अर्ब ९३ करोड ६१ लाख ९६ हजार रुपैयाँको खुर्सानी आयात भएको विभागको तथ्यांकले देखाउँछ। आर्थिक वर्ष ०७५–०७६ मा एक अर्ब १३ करोड ९१ लाख १० हजार रुपैयाँको ८६०६.७६ मेट्रिक टन खुर्सानी आयात भएको थियो। 

यस्तै, आर्थिक वर्ष ०७६–०७७ मा एक अर्ब ४८ करोड ६३ लाख ४७  हजार रुपैयाँको  ९५३७.२५ मेट्रिक टन, आर्थिक वर्ष ०७७–०७८ मा एक अर्ब ८४ करोड ५४ लाख २५ हजार रुपैयाँको ११७९४.६३ मेट्रिक टन र आर्थिक वर्ष ०७८–०७९ मा एक अर्ब ७७ करोड  एक लाख ५३ हजार रुपैयाँको १०८३७.५३ मेट्रिक टन खुर्सानी आयात भएको भन्सार विभागको तथ्यांकमा उल्लेख छ। विभागका अनुसार आर्थिक वर्ष ०७९–८०को ६ महिनामा ६९ करोड ५१ लाख ६१ हजार रुपैयाँको ३५५३.९७ मेट्रिक टन खुर्सानी आयात भएको छ। 

जसमा भारतबाट ६८ करोड ७० लाख ४७ हजार रुपैयाँको ३५१६.२७ मेट्रिक टन खुर्सानी आयात भएको छ। चीनबाट ८०८६ हजार रुपैयाँको ३७.६५ मेट्रिक टन, इन्डोनेसियाबाट २ हजार रुपैयाँको १२ केजी र जापानबाट २६ हजार रुपैयाँको ३९ केजी खुर्सानी आयात भएको छ।

के भन्छ सरकार?
कृषि क्षेत्रमा बिचौलियाको बिगबिगी भएकाले पनि स्वदेशी उत्पादनले बजार नपाउने, खेर जाने भइरहेको छ भने अर्बौंको विदेशी उत्पादन भित्रिने गरेको छ।

बिचौलिया अन्त्यका लागि अनुमतिपत्रको व्यवस्था गर्नुपर्ने कृषि तथा पशुपन्छी विकासमन्त्री ज्वालाकुमारी साहले बताउँछिन्। लाइसेन्सप्राप्त व्यक्तिले मात्रै कृषिजन्य वस्तु खरिद तथा बिक्री गर्न पाउने गरी नीतिगत व्यवस्था गरिने उनी बताउँछिन्। 

कृषिजन्य वस्तुको आयात रोक्न नाकामा प्रयोगशाला र जाँचको माध्यमबाट सरकारले कडाइ गर्ने साहले बताएकी  छन्। किसानका समस्या समाधानका लागि नीतिगत तहदेखि नै आफूले प्रयास गर्ने उनको भनाइ छ।

त्यस्तै, कृषि मन्त्रालयका प्रवक्ता प्रकाश सञ्जेलले भने नेपाली उत्पादनलाई प्रोत्साहन तथा बजारीकरण गर्न र कृषिजन्य वस्तु आयात रोक्नका लागि मातहतका विभिन्न निकायसँग समन्वय गरेर कृषि क्षेत्रमा  मन्त्रालयले काम गर्ने बताए।

प्रकाशित मिति: शनिबार, माघ २८, २०७९  ०७:३९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
कल्पना घिमिरे
लेखकबाट थप
२८ करोडको सरकारी गाडी यसरी बन्यो कवाडी
आर्थिक सहायता र राजस्व संकलनको लक्ष्य नभेट्दा कूल बजेट खर्च २० प्रतिशत कमी
६ वर्षमा २२ सहकारी समस्याग्रस्तः चालू वर्ष थपियो बानेश्वरको नेपाल सहकारी वित्तीय संस्था लिमिटेड
सम्बन्धित सामग्री
सुनको मूल्य तोलामा २८०० रुपैयाँ बढ्यो नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबारको तुलनामा छापावाल सुन तोलामा २८०० रुपैयाँ बढ्दै २ लाख ७० हजार ६०० रुपैयाँ कायम भएको... आइतबार, पुस २७, २०८२
सुनको मूल्य बढ्यो, चाँदीको घट्यो महासंघका अनुसार शुक्रबार छापावाल सुन तोलामा २ लाख ६७ हजार ८०० रुपैयाँ कायम भएको छ । यस्तै चाँदीको ४ हजार ७८० रुपैयाँ कायम भएको छ । शुक्रबार, पुस २५, २०८२
अमेरिकी डलरको भाउ लगातार उच्च बिन्दुमा यस्तै, युरोपियन युरो एकको खरिददर १६७ रुपैयाँ ८५ पैसा र बिक्रीदर १६८ रुपैयाँ ५५ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १९३ रुपैयाँ २७... शुक्रबार, पुस २५, २०८२
ताजा समाचारसबै
बालेन केपी ओलीसँग भिड्ने निश्चित, माघ ४ गते राजीनामा दिने सोमबार, पुस २८, २०८२
बैतडीमा जिप दुर्घटना, ३ जनाको घटनास्थलमै मृत्यु सोमबार, पुस २८, २०८२
कांग्रेस विशेष महाधिवेशन बन्दसत्रको अध्यक्षता ८८ वर्षीय श्यामकुमारले गर्ने सोमबार, पुस २८, २०८२
सुन र चाँदीको मूल्य हालसम्मकै उच्च सोमबार, पुस २८, २०८२
ट्रम्पले सामाजिक सञ्जालबाट घोषणा गरे आफैंलाई ‘भेनेजुएलाको कार्यवाहक राष्ट्रपति’ सोमबार, पुस २८, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
इरानमा प्रदर्शन तीव्र, प्रदर्शनकारीमाथि गोली प्रहारको आदेश, संसदमा लाग्यो ‘डेथ टु अमेरिका’को नारा आइतबार, पुस २७, २०८२
गायक तथा अभिनेता प्रशान्त तामाङ रहेनन् आइतबार, पुस २७, २०८२
देउवा पक्षधर केन्द्रीय सदस्यहरू पनि पुगे विशेष महाधिवेशन स्थलमा आइतबार, पुस २७, २०८२
विशेष महाधिवेशनमा ६२ प्रतिशतले गरे नाम दर्ता आइतबार, पुस २७, २०८२
कांग्रेस विशेष महाधिवेशन- ४९ प्रतिशतभन्दा धेरै प्रतिनिधिले गरे नाम दर्ता आइतबार, पुस २७, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
शेखर नआउने भएपछि कांग्रेसको पत्रकार सम्मेलन स्थगित शुक्रबार, पुस २५, २०८२
इरानमा प्रदर्शन तीव्र, प्रदर्शनकारीमाथि गोली प्रहारको आदेश, संसदमा लाग्यो ‘डेथ टु अमेरिका’को नारा आइतबार, पुस २७, २०८२
गायक तथा अभिनेता प्रशान्त तामाङ रहेनन् आइतबार, पुस २७, २०८२
काठमाडौं बस दुर्घटनामा मृतकको संख्या ५ पुग्यो बिहीबार, पुस २४, २०८२
चौतर्फी दबाबपछि मेडिकल काउन्सिलले गर्‍यो डा. यशोदा रिजाललाई निलम्बन शुक्रबार, पुस २५, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्