काठमाडौं– हलिउडको सुपरहिट फिल्म ‘टाइटानिक’ मा काम गरेका अभिनेता लियोनार्डो डिक्याप्रियो फिल्मभन्दा व्यक्तिगत जीवनका कारण चर्चामा रहन्छन्।
४८ वर्षीय लियोनार्डो आजकल १९ वर्षीया युवतीसँग डेट गरेका कारण चर्चामा छन्। यी युवतीको नाम इडेन पोलानी हो। तर, सामाजिक सञ्जालमा मानिसहरूले १९ वर्षीया अभिनेत्रीसँग डेट गरेकोमा लियोनार्डोको आलोचना गरिरहेका छन्।
४८ वर्षीय लियोनार्डो डिक्याप्रियो पहिलो पटक इडेन पोलानीसँग देखिएका थिए, जब दुवैजना पार्टीमा निकै नजिक बसेका थिए। लियोनार्डोले यसअघि हलिउड मोडल तथा अभिनेत्री क्यामिला मोरोन्कोलाई डेट गरिसकेका छन्। तर, उनीहरुको सम्बन्ध गत वर्ष मात्रै टुट्यो।
१९ वर्षीय इडेन पोलनसँग डेटिङ गरेकोमा लियोनार्डोको मजाक उडाइरहेका छन् छन्। एकजनाले भने, ‘उनकी प्रेमिका यति सानै छिन् कि कोभिड-१९ का कारण उनको हाईस्कूलको अनुभव रोकियो।’
अर्का एक प्रयोगकर्ताले भने, ‘जब लियोनार्डोको फिल्म ‘टाइटैनिक’ रिलिज भएको थियो, उनको प्रेमिका पनि जन्मिएकी थिइनन्।’
‘टाइटानिक’ फिल्म २५ वर्षअघि सन् १९९७ मा रिलिज भएको थियो।
लियोनार्ड डिक्याप्रियोको नाम अहिलेसम्म धेरै अभिनेत्री र मोडलसँग जोडिएको छ। उनको नाम ब्राजिलियन मोडल गिसेल बुन्डचेन, इजरायली मोडल बार राफेली र जर्मन मोडल टोनी गार्नसँग पनि जोडिएको छ।
अहिले उनको १९ वर्षीय इडेन पोलानीसँग अफेयर छ। लियोनार्डो डिक्याप्रियो चाँडै फिल्म ‘किलर्स अफ द फ्लावर मुन’ मा देखिनेछन्। फिल्ममा लिली ग्लाडस्टोन, ब्रेन्डन फ्रेजर, रोबर्ट डी नीरो पनि काम गरिरहेका छन्। (हलिउड सञ्चारमाध्यमको सहयोगमा)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।