काठमाडौं– राष्ट्रिय सभाबाट तीन वटा विधेयक पारित भएका छन्।
सोमबार बसेको राष्ट्रिय सभा बैठकमा अनुगमन तथा मूल्यांकन विधेयक–२०७६, अखिलेख संरक्षण (पहिलो संशोधन) विधेयक–२०७७ र खाद्य स्वच्छता तथा गुणस्तर विधेयक–२०७७ सर्वसम्मतिले पारित भएको हो।
बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को तर्फबाट सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले विधायन व्यवस्थापन समितिको प्रतिवेदनसहित अनुगमन तथा मूल्यांकन विधेयक २०७६ पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेकी थिइन्।
त्यसैगरी, उनले संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री सुदन किरातीको तर्फबाट पेस गरेको अखिलेख संरक्षण (पहिलो संशोधन) विधेयक २०७७ पनि पारित गरिएको छ।
बैठकमा खाद्य स्वच्छता तथा गुणस्तर विधेयक २०७७ पारित गरियोस् भन्ने प्रस्ताव कृषि तथा पशुपंक्षी विकासमन्त्री ज्वालाकुमारी साहले पेस गरेकी थिइन्।
राष्ट्रिय सभाको अर्को बैठक यही माघ २७ गते शुक्रबार अपरान्ह ५ बजेका लागि बोलाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।