काठमाडौं– पाकिस्तानका चर्चित क्रिकेटर मोहम्मद रिजवानले नेपाली क्रिकेटर सन्दीप लामिछानेलाई भेट गरेका छन्। पाकिस्तानदेखि काठमाडौं आएर रिजवानले नेपाली राष्ट्रिय टिमका सदस्य लामिछानेलाई भेटेका हुन्।
उनले सोमबार लामिछानेलाई भेट गर्दै मानसिक रुपमा बलियो हुन समेत भनेको पाइएको छ। रिजवानले आइतबार साँझ नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्दलाई भेटेका थिए।
बलात्कार आरोप लागेर पुर्पक्षका लागि थुनामा समेत पुगेर धरौटीमा रिहाँ हुँदै टिममा फर्किका लामिछानेलाई हौसला तथा मानसिक रुपमा बलियो हुनका लागि आत्मविश्वास बढाउने उदेश्यले उनी काठमाडौं आएको स्रोतको भनाइ छ।
विश्वका धेरै लिगहरु खेलेका लामिछानेको पाकिस्तानको लिग खेल्दा रिजवानसँग राम्रो सम्बन्ध थियो। रिजवान टि–२० क्रिकेटको विश्व बरियताको दोस्रो नम्बरका ब्याट्सम्यान हुन्। उनी सोमबारै स्वदेश फर्किएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।