काठमाडौं– राष्ट्रिय सभाको उपाध्यक्षमा नेकपा माओवादीकी उर्मिला अर्याल निर्विरोध चयन भएकी छन्। राष्ट्रिय सभा उपाध्यक्षका लागि अर्यालको एकल उम्मेदवारी परेपछि उनलाई निर्विरोध निर्वाचित गरिएको हो।
राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले एकल उम्मेदवारी परेकाले अर्याल निर्विरोध निर्वाचित भएको सदनलाई जानकारी दिए। उनी सत्ता गठबन्धनबाट उम्मेदवार बनेकी थिइन्।
प्रतिनिधि सभाको सभामुख र उपसभामुखमा उम्मेदवारी दिएको नेपाली कांग्रेसले राष्ट्रिय सभा उपाध्यक्षका लागि भने उम्मेदवारी दिएको थिएन।
अर्यालको प्रस्तावकमा नेकपा माओवादी केन्द्रका उपाध्यक्ष नारायणकाजी श्रेष्ठ रहेका थिए भने एमाले नेता देवेन्द्र दाहाल र स्वतन्त्र सांसद खिमलाल देवकोटा समर्थक थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।