काठमाडौं– नेपालमा प्रतिबन्धित भारतीय रुपैयाँसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनलबाट १ जना भारतीय नागरिक पक्राउ परेका छन्।
नेपालमा प्रतिबन्धित भारतीय रूपैयाँ २ हजार दरको ४० थान र ५०० दरको ११४ थान गरी जम्मा २ लाख ८७ हजार भारुसहित भारतीय नागरिक पक्राउ परेका हुन्।
पक्राउ पर्नेमा ४७ वर्षीय महेशभाइ रुगनाथभाइ कुंडारीया छन्। बुद्ध एयरको उडानद्वारा काठमाडौंबाट विराटनगर जान उनलाई प्रहरीले आइतबार बिहान पक्राउ गरेको हो।
पक्राउ परेका उनलाई आवश्यक अनुसन्धान एवं कानुनी कारबाहीको लागि राजस्व अनुसन्धान विभाग हरिहरभवन पुल्चोक, ललितपुर पठाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।