धनगढी- टीकापुर घटनाका आरोपी रेशमलाल चौधरीको मुद्दामा सर्वोच्च अदालतले प्रत्यर्थी झिकाउने आदेश दिएको छ।
आइतबार न्यायाधीशद्वय मनोजकुमार शर्मा र टंकबहादुर मोक्तानको संयुक्त इजलासले प्रत्यर्थी झिकाउने आदेश दिएको हो।
सर्वोच्चको आदेशसँगै अब रेशमलाल चौधरी लगायतले विपक्षी बनाएकाहरु सर्वोच्च अदालत आउनुपर्ने भएको छ।
टीकापुर घटनामा सर्वोच्चमा रेशमसहित सीताराम चौधरी, हरिनारायण चौधरी, गंगाराम डगौरा चौधरी, वीरबहादर चौधरी, श्रवण चौधरी, चुन्नीराम चौधरी, रामकुमार कठरिया, सुन्दरलाल कठरिया, बृजमोहन डगौरा चौधरी, राजेश चौधरी, प्रदीप चौधरी र लक्ष्मण थारु चौधरीले नेपाल सरकारलाई विपक्षी बनाई रिट दायर गरेका थिए भने नेपाल सरकारले लक्ष्मण थारु समेतलाई विपक्षी बनाई रिट दायर गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।