काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय स्वतन्त्र पार्टीलाई सरकारमा राखिरहन आफूले प्रयास गरेको बताएका छन्। यस्तै, उनले रास्वपासँग भेटेर कुरा गर्ने पनि बताएका छन्।
प्रतिनिधि सभाको आइतबारको बैठकबाट निस्किने क्रममा संचारकर्मीसँग प्रतिक्रिया दिँदै प्रचण्डले उक्त कुरा बताएका हुन्। प्रतिनिधि सभाको बैठक चलिरहेकै बेला रास्वपाको बैठकले सरकारबाट बाहिरिने निर्णय गरेको थियो।
‘मेरो कोशिस त थियो। राष्ट्रिय सहमति नै गरौं भनिरहेको छु भने तर हाम्रो सत्ता साझेदार बीचको एकतालाई बचाउन पर्छ भन्ने नै हो मेरो। अदालतको निर्णय पछि पक्कै पनि उहाँहरुलाई अलिक असहज त भएकै थियो। उहाँसँग फेरि भेटेर कुरा गर्छौं,’ प्रधानमन्त्री प्रचण्डले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।