काठमाडौं- राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसद्को दुवै सदनलाई सम्बोधन गर्ने भएकी छन्। राष्ट्रपति भण्डारीले प्रतिनिधि सभामा र राष्ट्रिय सभाको दुवै सदनलाई संयुक्त रुपमा माघ २७ गते सम्बोधन गर्ने राष्ट्रपति कार्यालयले जनाएको छ।
‘सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूबाट नेपालको संविधानको धारा ९५ बमोजिम संवत् २०७९ साल माघ २७ गते शुक्रबारका दिन १३ बजे संघीय संसदको दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन हुने भएको छ,’ राष्ट्रपति कार्यलयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
राष्ट्रपति भण्डारीको फागुन २९ गते कार्यकाल सँकिदैछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।