काठमाडौं– नेकपा एमालेले केन्द्रीय कमिटी बैठक बोलाएको छ। एमाले प्रचार प्रसार विभाग प्रमुख विष्णु रिजालका अनुसार बैठक माघ २९ र फागुन १ गते बोलाइएको हो।
बैठक तुल्सीलाल स्मृति प्रतिष्ठानमा बस्ने तय भएको रिजालले बताएका छन्। बैठकमा पछिल्लो राजनीतिक घटनाक्रम, राष्ट्रपति निर्वाचनबारे छलफल हुने छ।
सत्ता गठबन्धनमा समस्या आएपछि एमालेले बैठक बोलाएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।