काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सरकारबाट हट्ने निर्णय गरेको छ। तर, रास्वपाले सरकारलाई दिएको समर्थन भने कायम राख्ने सभापति रवि लामिछानेले बताएका छन्।
उनले आफ्ना मन्त्रीहरुले आजै राजीनामा दिने समेत बताएका छन्। गृहमन्त्रालय सहित सरकारमा फिर्ता हुने लामिछानेको प्रयास असफल भएपछि यस्तो निर्णय लिइएको हो।
यद्यपि, लामिछानेले बाहिर देखिएजस्तो नभएको बताएका छन्। खुलस्त पार्ने भन्दै पत्रकार सम्मेलन गरिरहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।